बिरुवा रोपेर काँग्रेसले शुरु ग¥यो दोस्रो जागरण अभियान

नेपाली कांग्रेसले बागलुङमा मंगलवार बिरुवा रोपेर दोस्रो चरणको जागरण अभियान शुरु गरेको छ।
जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्तीका अवसरमा बृक्षारोपण र औपचारिक कार्यक्रम सहित दोस्रो चरणको जागरण अभियान शुरु गरिएको हो ।
जागरण अभियानको पहिलो दिन बागलुङका चार प्रदेश निर्वाचन क्षेत्रमा १ सय ६ वटा विरुवा रोपेर अभियानको शुभारम्भ गरिएको कांग्रेसले जनाएको छ । जिल्लाको काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकामा बिपीको १ सय ६ औं जन्मजयन्ती भएकाले १ सय ६ बृक्षारोपण सहित जागरण अभियान शुरु गरिएको नेपाली कांग्रेस बागलुङका कार्यवाहक सभापति नवराज पौडेलले बताउनुभयो ।
काठेखोला गाउँपालिका ७ लेखानीबाट अभियान शुभारम्भको घोषणा गर्दै नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि नवराज गुरुङले दुई तिहाइको सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको बताउनुभयो । देशमा पछिल्लो भ्रष्टचार, अन्याय, अत्याचार र व्यतिथी बढेको भन्दै दुई तिहाइको सरकार त्यसको अन्त्यमा नलागी संरक्षणमा लागिपरेको उहाँको आरोप थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य मणिभद्र शर्मा कँडेल, महासमिति सदस्य जगदिसचन्द्र उपाध्यय, बागलुङ क्षेत्र नम्बर १ का क्षेत्री सभापति चिरञ्जिवि गौतम, महाधिवेशन प्रतिनिधि कृष्णशंकर श्रेष्ठ, पार्वती आचार्य, जिल्ला सदस्य कृष्णबहादुर कार्की, ज्ञानु शर्मा श्रीस, लक्ष्मी जिसी, महेन्द्र आचार्य, काठेखोला गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष खडक थापा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम प्रदेश १ (क)का सभापति शिवप्रसाद कँडेलको अध्यक्षता, नेपाली कांग्रेस लेखानीका उपाध्यक्ष टेकबहादुर विकको स्वागत र सचिव चन्द्रकुमार पुनको संचालनमा सम्पन्न भएको थियो ।
जनता, जनप्रतिनिधि, नेता, कार्यकर्ता र शुभेच्छुक बिच जिवन्त सम्पर्क र समन्वय कायम गरी पार्टीलाई सक्रिय र सुदृढ पार्ने उद्देश्यले केन्द्रीय समितिको निर्णय बमोजिम मंगलवारदेखी जिल्लाव्यापी रुपमा जागरण अभियान शुरु भएको कार्यवाहक जिल्ला सभापति पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, जागरण अभियान आगामी असोज ७ गते सम्म संचालन हुनेछ ।
दोस्रो चरणको कार्यक्रम मुलुकभर ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा एकैपटक अभियान सुरु हुँदैछ । जागरण अभियानका क्रममा स्थानिय तह, गाउँ नगर समितिहरु, भातृ तथा शुभेच्छुकका समितिहरुको विवरण र अवस्थाको बारेमा अभिलेख संकलन गरी जिल्ला कार्यसमितिका पेश गरिनेछ ।
जागरण अभियामा स्थानिय तहको दुई वर्षको समिक्षा, वडा स्तरीय अन्तरक्रिया, पार्टी प्रवेश कार्यक्रमलाई जोड दिइनेछ । अभियानका लागि काँग्रेस केन्द्रीय समितीले हरेक प्रदेश निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधिहरु खटाएको जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *