चट्टान काटे पछि बेनी–जोमसोम सडक सुचारु

आदर्श सञ्चार अनलाइन
म्याग्दी

गत आइतवारदेखि अवरुद्ध बेनी–जोमसोम सडक सुचारु भएको छ।
कालिगण्डकी करिडोर तथा नारच्याङ हाइड्रोका प्राविधिकको सहयोगमा अवरुद्ध सडक सुचारु गरिएको हो ।

म्याग्दी र मुस्ताङको सीमावर्ती क्षेत्र थासाङ गाउँपालिका ४ स्थित काभ्रेभीरमा करिब १५ मिटर सडक भासिएपछि बेनी–जोमसोम सडकमा सिधा आवत जावत बन्द भएको थियो। काभ्रेभीरस्थित कडा चट्टाने पहाड मुनीको सडक भासिएको थियो।

सब बेस उठाएर सडक सञ्चालन गर्न समेत सम्भव नभएकाले विस्फोटक पदार्थको सहायताबाट रक कटिङ गरेर सडक ट्र्याक खुलाइएको बेनी जोमसोम सडकका सुपरभाइजर ईन्द्रसिह शेरचनले जानकारी दिनुभयो। बेनी–जोमसोम सडक अवरुद्ध भए पछि मुक्तिनाथ जाने आउने तिर्थालुका साथै आन्तरिक तथा बाह्य पर्यटकले सास्ती पाएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *