साधना पन्त
बागलुङ
गुराँस शिक्षा सदन बागलुङले पहिलो पटक गुराँस कप फुटसल प्रतियोगिता आयोजना गरेको छ ।
सदनले बिहिबार साँझ पत्रकार सम्मेलनको आयोजना गरि शुक्रबारदेखि फुटसल प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको छ ।
जिल्ला सदरमुकामका सामुदायिक र निजी विद्यालय गरि १२ विद्यायलयका शिक्षकको सहभागिता रहने गुराँस शिक्षा सदनका प्रिन्सिपल निशान खड्काले जानकारी दिनुभयो । विद्यायलयमा अध्यापनरत शिक्षकहरु बिच आपसी सद्भाव र परिचयका लागि कपको आयोजना गरिएको उहाँको भनाई छ ।
बिद्यार्थीका लागि कार्यक्रमको आयोजना गरिए पनि विद्यायलयले शिक्षकहरुका लागि कसैले कार्यक्रम नगरेकाले प्रतियोगिता आयोजना गरिएको प्रिन्सिपल खड्काले बताउँनुभयो ।
गुराँस कपमा प्रथम हुनेलाई ११ हजार १ सय ११, द्धितिय ५ हजार ५ सय ५५ सहित नगद मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकर्तालाई एक हजार मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । कार्यक्रम गुराँस शिक्षा सदनका प्रिन्सिपल निशान खड्काको अध्यक्षता र शिक्षक तेजेन्द्र शाहीको सञ्चालनमा भएको थियो ।