बागलुङमा डेंगुका बिरामी बढ्दै, ६ जनामा संक्रमण

तस्विरः यो डेंगुको देशभरको ४० दिनको तथ्यांक हो । त्यसयता दुई जनाबाट बागलुङमा डेंगु हुनेको संख्या ६ पुगेको छ ।

धौलागिरी अञ्चल अस्पतालमा डेंगुको जाँच गराउँन बढे
आदर्श सञ्चार अनलाइन
बागलुङ

धौलागिरि अञ्चल अस्पताल बागलुङमा डेंगूको संक्रमण भए नभएको भनेर जाँच गराउँन आउँने बिरामीको संख्यामा वृद्धि हुन थालेको छ ।

डेंगूको संक्रमण बढ्न थालेको र मृत्यु समेत भएको भन्ने समाचार प्रकाशन प्रशारण हुन थालेपछि अस्पतालमा चेक जाँच गराउँन आउनेको संख्यामा वृद्धि भएको अस्पतालले जनाएको छ ।

देशैभर डेंगू संक्रमणको हल्ला चलेपछि सामान्य ज्वरो आए पनि मेरो डेंगु चेक गर्दिनुप¥यो भन्दै अस्पतालमा दैनिक १० जना भन्दा बढि विरामी आउँने गरेको धौलागिरि अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शैलेन्द्र बि.पोखरेलले जानकारी दिनुभयो । अस्पतालले त्यस्ता बिरामीहरुको रगत, पिसाव जाँच गर्ने र सेतो रगतको कमी देखिएमा मात्र डेंगुको परिक्षण गर्ने गरेको छ । अहिले सम्म डेंगू परिक्षण गरेका मध्ये ३ जनामा संक्रमण पत्ता लागेको र एक जनाको पोखरामा संक्रमण पत्ता लागेको बताईएको छ ।

यसअघि बागलुङ घर भएपनि पोखरामा बस्ने २ जनामा पनि डेंगूको संक्रमण भटिएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङले जानकारी दिएको छ । उनीहरुको पोखरा फेवासिटी हस्पिटल र गण्डकी अस्पताल बागलुङमा डेंगुको संक्रमण भएको पत्ता लागेको हो । जिल्लामै डेंगुको संक्रमण भेटिए पछि बागलुङ नगरपालिकाको कार्यालयले सर्तकता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य कार्यालयले जिल्लाका सबै स्थानिय तहलाई यस प्रति सचेत हुनका लागि पत्रचार समेत गरेको छ । ‘अहिलेलाई शंकास्पद विरामीको धौलागिरी अञ्चल अस्पतालमा नै उपचार हुन्छ’ गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङका क्षय कुष्ठ सुपरभाइजर देवप्रकाश घिमिरेले भन्नुभयो, ‘छिट्टै जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि चेक जाँच र उपचारको प्रबन्ध मिलाउने तयारी गरिरहेका छौं ।’ घिमिरेले गत मंगलबार देखि धौलागिरि अञ्चल अस्पताल बागलुङमै डेंगू किट मेसिन राखिएको र अब कुनै पनि समयमा शंकास्पद व्यत्तिहरुको जाँच गर्न सकिने बताउनुभयो ।

डेंगुको सर्तकता अपनाउनको लागि जिल्लाका सञ्चार माध्यमबाट सूचना सन्देश प्रसारण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले सर्तकताको सन्देशलाई व्यापकता दिन भाद्र २० गते बजार सरसफाई सहित बृहत सचेतनामूलक ¥याली निकालेको थियो भने २१ गते बागलुङ सदरमुकाम भित्रिने सिमा क्षेत्र मालढुंगामा निःशुल्क स्वास्थ्य जाँचको समेत गरेको जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *