आदर्श सञ्चार अनलाइन
नेपाली कांग्रेसको जागरण अभियान शुक्रबार रायडाँडामा सम्पन्न भएको छ।
अभियानका अवसरमा बोल्दै केन्द्रीय प्रतिनिधि नवराज गुरुङले कांग्रेसले गरेका राम्रा कामको प्रचार प्रसार कम भएको बताउँनुभयो । नेपालको सवै खाले परिबर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको स्मरण गर्दै हालको सरकार स्थायी र दुई तिहाई बहुमत भए जस्तो जनताले अनुभव गर्न नपाएको उहाँको दाबी थियो ।
नेपाली कांग्रेस जिल्ला सभापति दिपेन्द्र थापाले सरकार नागरिकहरुको समस्यामा भन्दा पनि भ्रष्टाचारको अखडा बनेको आरोप लगाउँनुभयो।
कार्यक्रममा नेवि संघ जिल्ला अध्यक्ष खडक थापा, वार्ड अध्यक्ष ज्ञानेन्द्र गौतम, तित्याङ पार्टी सभापति राजु थापा लगायतले बोल्नुभएको थियो ।
वडाको विकास र अन्य बस्तुस्थितिका बारेमा बानपा ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले प्रकाश पार्नुभएको कार्यक्रममा स्थानीय पदमबहादुर थापा, दुर्गाबहादुर थापा, केदार आचार्य, ज्ञानबहादुर बिक, गुमादेवि पाध्या, शेरबहादुर थापा, रत्नाखर शर्मा, नविन शर्मा, चक्रपाणी शर्मा, थमवहादुर थापा, डिल्लीप्रसाद शर्मा लगायतले प्रश्न तथा धारणा राखेका थिए।
कार्यक्रम रायडाँडा पार्टी उपसभापति भूमिराज आचार्यको अध्यक्षता, सचिव मिलन केसीको सञ्चालन र मनुदेवी शर्माको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।