जेसीज सप्ताहमा युवा सम्मान देखि स्वस्थ बच्चा प्रतिस्पर्धा

आदर्श सञ्चार अनलाइन
बागलुङ

युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा काम गर्दै आएको बागलुङ जेसीजको यस बर्षको जेसीज सप्ताहमा युवा सम्मादेखि बच्चा प्रतिस्पर्धा सम्मका कार्यक्रम हुने भएका छन् ।

जेसीजले शुक्रवार दिउँसो पत्रकार सम्मेलन गरि शनिबारदेखि शुरु हुने सप्ताहव्यापी कार्यक्रम असोज ३ गते सम्म सञ्चालन हुने जनाएको छ ।

जेसीजका लागि जेसीज सप्ताह एउटा पर्व जस्तो भएकाले समाजमै फरक सन्देश प्रवाह हुने गरि सप्ताहव्यापी कार्यक्रम तय गरिएको बागलुङ जेसीजका वर्ष २०१९ का अध्यक्ष एञ्जिल शाक्यले आदर्श सञ्चार अनलाइनलाई बताउँनुभयो । पछिल्लो समयमा युवाहरुले तिव्र सवारी चलाउँदा दुर्घटना बढ्दै गएकाले दुर्घटना रोक्न स्लो बाईक रेस, समाजमा सकारात्मक परिर्वतनको लागि काम गरेका युवालाई प्रोत्साहित गर्न युवा सम्मान, ५ महिना देखि ५ वर्ष सम्मका बालबालिकाको नियमित खोप, तौल, उचाई संगै स्वस्थ अवस्था जाँच गरि स्वस्थ बनाउन ख्याल गनुपर्ने सन्देश सहित बिबिध कार्यक्रम आयोजना गरिएको उहाँको भनाई छ ।

सप्ताहको पहिलो दिन शनिवार सौरभ श्रेष्ठको संयोजकत्वमा उद्घाटन सहित युवा सम्मान कार्यक्रम हुने सप्ताहका मुल संयोजक आकृति भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार, दोस्रो दिन २९ गते जेसी गणेश महतोको संयोजकत्वमा स्वस्थ बच्चा प्रतिस्पर्धा, तेस्रो दिन सुशान्तकृष्ण श्रेष्ठको संयोजकत्वमा बागलुङ जेसीजको ४१ औं स्थापना दिवस, चौथो दिन सुराक शाक्यको संयोजकत्वमा स्वर्गिय सत्यदेवी स्मृति कोष स्लो बाइक रेस प्रतियोगिता, पाँचौ दिन साधना पन्तको संयोजकत्वमा विद्यालय स्तरिय वाई वाई नृत्य प्रतियोगिता, छैठौं दिन अञ्जिला श्रेष्ठको संयोजकत्वमा बोर्ड व्यवस्थापन र सातौ दिन रामचन्द्र गौतमको संयोजकत्वमा अन्तरक्रिया कार्यक्रम हुनेछ ।

प्रकाश आचार्यको संयोजकत्वम स्वर्गिय प्रगति कुमार श्रेष्ठ स्मृति अन्तर मावि बक्तृत्वकला र सुदिप सागर कंडेलको संयोजकत्वमा जेसीज सप्ताह समिक्षा तथा संगम हुने संयोजक भण्डारीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा पत्रकार महासंघ बागलुङका सचिव राम थापा अविरलले सप्ताहव्यापी कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम बर्ष २०१९ का अध्यक्ष एञ्जिल शाक्यको अध्यक्षता र महासचिव शौरभ श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *