नवनिर्वाचित एनआरएनए एनसिसीलाई पत्रकार महासंघको सम्मान

आदर्श सञ्चार अनलाइन
दोहा, कतार

नेपाल पत्रकार महासंघ कतार शाखाले एनआरएनए एनसिसी कतारको नवनिर्वाचित कार्यसमितीलाई सम्मान गरेको छ ।

एनसिसि कतारको आठौं रास्टिय महाधिवेशन बाट सन् २०१९/२०२१ कार्यकालको लागी निर्वाचित भएका आइसिसी सदस्य, पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई शुक्रबार एक कार्यक्रमका बिच स्वागत सहित सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले यो जिम्मेवारी प्रदान गरेकोमा सबैमा धन्यवाद व्यक्त गर्दै आफुहरु सबै सङ्ग हातेमालो गरेर अगाडि बढन तयार रहेको प्रतिवद्दा व्यक्त गरे । पत्रकार महासंघ समाजको अभिन्न अङ्ग रहेकोले एनसिसि कतार सदैव समन्वय गरेर अगाडि बढने भन्दै साथ सहयोगको लागि आग्रह गरे । एनसिसीले गर्ने हरेक गतिविधिलाई जस्ताको त्यस्तै समाजमा ल्याउने काम पत्रकारको भएको भन्दै अध्यक्ष मुसलमानले आफुले अधिकतम साथ सहयोगको अपेक्षा गरेको बताए ।

कार्यक्रमको अध्यक्षता गर्दै नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बकस मियाले एनसिसि कतारको कार्यकाल सफलता र असफलता दुबैमा पत्रकारको अहम भुमिका हुने भन्दै आग्रह पुर्वाग्रह नराखी महासंघ सङ्ग समन्वय गर्न अनुरोध गरे । बिगतमा एनसिसिको पत्रकार महासंघ संग सन्तोषजनक समन्वय नभएको भन्दै अध्यक्ष मियाले विभिन्न उप(समिती गठन गर्ने क्रममा सबैलाई समेटेर अगाडि बढ्न सुझाव दिए । पत्रकार महासंघ पनि समाजको अभिन्न पाटो भएको भन्दै उनले एनसीसीले गर्ने हरेक गतिविधिमा महासंघ सँग समन्वय गरेमा ती कार्यहरु प्रभावकारी बन्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका आचार संहिता अनुगमन समितीमा सदस्य एवं कतार शाखाका सल्लाहकार क्रान्ति सिंह, एनआरएनए आइसिसी सदस्य केबि हमाल, युवराज शर्मा, एनआरएनए एनसिसी कतारका महिला उपाध्यक्ष सरिता भण्डारी लगाएतले मन्तव्य राखेका थिए ।

नेपाल पत्रकार महासंघ कतार शाखाका उपाध्यक्ष नवराज बिकले स्वागत गरेको कार्यक्रमको संचालन सचीव दिलकुमार श्रेष्ठले गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *