यसरी शुरु भयो बागलुङमा जेसीज सप्ताह

आदर्श अनलाइन
बागलुङ

युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशिल बागलुङ जेसीजको आयोजनामाम शनिवारदेखि जेसीज सप्ताह शुरु भएको छ ।

सप्ताहको नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष रमेशचन्द्र भुुषालले उद्घाटन गर्नुभयो । उद्घाटन पछि बोल्दै उपाध्यक्ष भुषालले युवाहरुले अब बिधिको शासन, समृद्धि र रोजगारको कुरा गरेर र सुनेर मात्र नबस्न युवाहरुलाई आग्रह गर्नुभयो । ‘हामीले यस्ता गफगाफ र भाषणमै धेरै समय खेर फालेका छौं,’ उहाँले भन्नुभयो,‘अब यो मुलुकको उर्जाशिल, सचेत नागरिकका हैसियतले सुनेर मात्र नबसौ, आँफ्ना तर्फबाट सकरात्मक परिवर्तनका लागि जे सकिन्छ, त्यसमा काम गरौं ।’

कार्यक्रममा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष गोकुल सापकोटा, बागलुङ जेसीजका संस्थापक अध्यक्ष श्याम श्रेष्ठ, गिता नगर जेसीजका अध्यक्ष कृष्ण सापकोटा, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीष, प्रगति स्मृति कोषका संरक्षक डा.कृष्णबहादुर श्रेष्ठ, सत्यदेवी स्मृति कोषका संरक्षक शैलेन्द्रकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सप्ताहको दोस्रो दिन आइतवार स्वस्थ बच्चा प्रतिस्पर्धा हुनेछ । तेस्रो दिन बागलुङ जेसीजको ४१ औं स्थापना दिवस, चौथो दिन स्वर्गिय सत्यदेवि स्मृति कोषबाट दुर्घटना कम गर्ने सन्देश सहित स्लो बाइक रेस, पाँचौ दिन विद्यालय स्तरिय वाई वाई नृत्य प्रतियोगिता हुने मुल समारोह समितिका संयोजक आकृति भण्डारीले बताउनुभयो । यसैगरी, छैठौं दिन जिल्लाको घोडाबाँधेमा पर्यटक बोर्ड व्यवस्थापन र सातौ दिन नेतृत्व विकास सम्बन्धि प्रशिक्षण, स्वर्गिय प्रगति कुमार श्रेष्ठ स्मृति अन्तर मावि वक्तृत्वकला र जेसीज सप्ताह समिक्षा तथा संगम हुने जेसी भण्डारी जानकारी दिनुभयो ।

कार्यक्रम जेसीजका वर्ष २०१९ का अध्यक्ष जेसी एन्जील शाक्यले जेसीजले सप्ताहव्यापी रुपमा गर्ने हरेक कार्यक्रमको छुट्टै महत्व भएको बताउनुभयो । कार्यक्रम बागलुङ जेसीज बर्ष २०१९ का अध्यक्ष एञ्जिल शाक्यको अध्यक्षता, निवर्तमान अध्यक्ष अम्बिका बस्नेतको स्वागत मन्तव्य र महासचिव शौरभ श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

बागलुङका दुई युवालाई जेसीज सम्मान

बागलुङ जेसीजले जिल्लामा पृथक र उदाहरणीय कार्य गर्ने जिल्लाका दुई युवालाई जेसीज सम्मान प्रदान गरेको छ ।

बागलुङ जेसीजले हरेक बर्ष मनाउँदै आएको जेसीज सप्ताहको शुभारम्भका अवसरमा नेपाल टेलिकम बागलुङ शाखाका प्रमुख केशव शर्मा र हरे कृष्ण अभियानका अभियन्ता प्रभू अच्युतकृष्ण दासलाई सम्मान गरेको हो । शर्माले धौलागिरीका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका दुर्गम ठाउँहरुमा पनि सूचनाको पहुँच स्थापित गर्न र अच्युतकृष्ण दासले आध्यात्मिक जागरण मार्फत युवाहरुलाई तनावमुक्त स्वस्थ र परोपकारी जीवन व्यतित गर्न प्रेरणादायक भुमिका निर्वाह गरेकाले सम्मान गरिएको बागलुङ जेसीजका अध्यक्ष एञ्जिल शाक्यले बताउँनुभयो । केही बर्ष यता जेसीजले युवाहरुलाई सामाजिक एवम् सकरात्मक कार्यमा लाग्नका लागि थप प्रोत्साहित गर्न बर्षेनी उत्कृष्ट र समुदायमा उदाहरणीय कार्य गरेका युवाहरुलाई जेसीज सम्मानबाट सम्मान गर्दै आएको जेसीजका पूर्व अध्यक्ष सुदिप राजभण्डारीले बताउँनुभयो ।

जेसीज सम्मान सहित शुरु भएको जेसीज सप्ताहका अवसरमा आगामी असोज ३ गते सम्म बिभिन्न कार्यक्रम गरिने सप्ताह मुल समारोह समितिका संयोजक आकृति भण्डारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *