साधना पन्त
बागलुङ
जिल्ला सदरमुकाममा जारी जेसीज सप्ताहको दोस्रो दिन स्वस्थ बच्चा प्रतियोगिता गरिएको छ ।
प्रतियोगितामा आरम्भ प्रधान प्रथम हुनुभएको छ भने द्धितिय रबिन श्रेष्ठ, तृतिय साहिंसा काउचा, र तिसा श्रेष्ठ सान्त्वना स्थान प्राप्त गर्न सफल हुनुभएको आयोजक बागलुङ जेसीजले जनाएको छ ।
बच्चाको अवधि स्वास्थ्यको हिसावले संवेदनशिल भएकाले यस अवस्थामा आमा तथा परिवारका सदस्यले बिशेष ख्याल गर्नुपर्ने सन्देश र सचेतनाका लागि स्वस्थ बच्चा प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक गणेश महतोले आदर्श अनलाइनललाई बताउनुभयो । जिल्लाका ३० बच्चाले सहभागिता जनाएको प्रतियोगितामा स्वास्थय परिक्षणका क्रममा नौ जना बच्चामा पोषण नपुगेको पाइएको धौलागिरी अञ्चल अस्पताका डा. प्रनिता राजभण्डारीले बताउनुभयो ।
कार्यक्रममा धौलागिरी अञ्चल हस्पिटल बागलुङका अध्यक्ष केवी रानाले भोलिका कर्णाधार मानिएका बालबालिकाको स्वस्थ जीवनका लागि परिवार र समाज सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
कार्यक्रम धौलागिरी अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेल, बागलुङ जेसीजका संस्थापक अध्यक्ष श्याम श्रेष्ठ, निर्वतमान अध्यक्ष अम्बिका बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जेसीज सप्ताहका बारेमा मुल संयोजक आकृति भण्डारीले प्रकाश पार्नुभएको कार्यक्रम बागलुङ जेसीजका शाखा अध्यक्ष एञ्जिल शाक्यको अध्यक्षता र संयोजक गणेश महतोको संचालनमा सम्पन्न भएको थियो ।