अनेरास्ववियू बागलुङद्धारा बाल दिवसमा शैक्षिक सामग्री बितरण

आदर्श अनलाइन
बागलुङ

नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) बागलुङले बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

अखिलले ५५ औं राष्टिय बाल दिवसको अवसरमा आइतबार बागलुङ नगरपालिका ४ मा रहेको देउराली प्राथमिक बिद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको हो ।

‘सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ मनाइएको दिवसका अवसरमा साना बालबालिका अर्थात विद्यार्थीहरु भोलिका देश निर्माणका सच्चा पहरेदार भएकाले सबैको साथ सहयोग जरुरी भएको सन्देश सहित शैक्षिक सामग्री प्रदान गरिएको अनेरास्ववियु बागलुङका सचिब शिव शर्माले शिव शर्माले बताउनुभयो ।
शैक्षिक सामाग्री बितरण कार्यक्रममा अनेरास्ववियु बागलुङका अध्यक्ष शेखर खड्का, अखिल क्रान्तिकारिका केन्द्रिय सदस्य जीवन शर्मा , अनेरास्ववियु बागलुङका सचिब शिव शर्मा , अनेरास्ववियु धवलागिरी क्याम्पसका विद्यार्थी नेता रोशन कुवर , अनिल शर्मा , प्रकाश कार्की लगायतले सक्षम र सबल व्यक्ति बन्नका लागि राम्रो शिक्षा आवश्यक पर्ने र त्यसका लागि अध्ययनमा बालबालिकालाई प्रोत्साहित गर्न रचनात्मक कार्य गरिएको बताएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *