बागलुङमा सुपथ मुल्य पसल सञ्चालन

आदर्श अनलाइन
बागलुङ

साल्ट ट्रेड्रिङ कर्पोरेशन लिमिटेड डिपो कार्यालय बागलुङले चाडपर्वको अवसर पारेर शनिवारदेखि सुपथ मुल्य पसल सञ्चालन गरेको छ ।

दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी बागलुङ बजारको श्रीनगर टोल स्थित डिपो कार्यालय परिसरमा चिनी तथा नूनको सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको जनाएको छ ।

सुपथ मुल्य पसलको बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले पहिलो सेवाग्राहीलाई नुन चिनी हस्तान्तरण गर्दै सेवा शुभारम्भ गर्नुभयो । सो अबसरमा बोल्दै प्रजिअ क्षत्रीले चाडपर्वको अवसरमा मारमा पर्ने उपभोक्तालाई थोरै भए पनि राहत हुने बताउनुभयो ।

चाडपर्वको अवसर पारी डिपो कार्यालयले विगत सात वर्ष देखि सुपथ मुल्य पसल सञ्चालन गर्दै आएको डिपो कार्यालयका प्रमुख मनोज कुमार श्रेष्ठले बताउनुभयो । ‘उपभोक्तालाई चाडपर्वको अवसरका राहत होस् भन्ने सोचले सुपथ मुल्य पसल सञ्चालन गरेका छौं’ श्रेष्ठले भन्नुभयो ‘बजार भाउँ भन्दा सस्तो मुल्यमा नून र चिनी वितरण गर्दा उपभोक्तालाई निकै राहत महशुस हुनेछ ।’

आगामी कात्तिक १७ गते सम्म सञ्चालन हुने सुपथ मुल्य पसलमा चिनी तथा नून लिन आउने उपभोक्ताको भीड शुरु भएको छ । कार्यालयका अनुसार एक जना उपभोक्ताले तीन केजी नून तथा छ केजी चिनी खरिद गर्न सक्नेछन् । हाल रु.८० प्रति किलोग्राम बजार भाउ पर्ने चिनीलाई डिपोले रु.७२ र रु.२२ प्रति किलोग्राम पर्ने नून रु.१८ मा बिक्री गरिने कार्यालयले जनाएको छ ।

सार्वजनिक विदाको दिन बाहेक १० वजेदेखि वेलुका ५ वजे सम्म नून तथा चिनी खरिद गर्न सकिनेछ । कार्यालय प्रमुख श्रेष्ठले सुपथ मुल्यमा खरिद गरेको नून तथा चिनी विक्रि वितरण गर्न नपाइने बताउदै यसको आवश्यकता अनुसार अनुगमन समेत गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा उद्योगबाणिज्य संघका केन्द्रिय सदस्य निर्माण कुमार श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ र बागलुङ नगरपालिका–२ का वडा अध्यक्ष जीवन आचार्य लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम कायृलय प्रमुख मनोज कुमार श्रेष्ठको अध्यक्षता, विरेन्द्र कुमार झाको स्वागत तथा राजेन्द्र आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *