आजदेखि मौसममा क्रमिक सुधारः मौसमविद

मौसमविदहरुले आज (बिहीबार) देखि मौसममा सुधार आउने बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले अब क्रमशः मौसममा सुधार हुने र पानी पर्ने क्रमशः कम हुँदै जाने बताउनुभयो ।

‘हिजोभन्दा आज र आजभन्दा भोली मौसममा सुधार हुँदै जान्छ,’ मौसमविद् पौडेलले भन्नुभयो, ‘अब पानी पर्ने क्रम क्रमशः कम हुन्छ। केही ठाउँमा सामान्य वर्षा भएपछि हिजोअस्तीको जस्तो ठूलो वर्षाको सम्भावना भने आज छैन।’

बिहान सम्म बर्षा भइरहे पनि अहिले धौलागिरीमा मौसम बदलीको अबस्था छ। यद्यपी कतिपय ठाउँमा सामान्य पानी परिरहेको छ। दिउँसोदेखि क्रमशः मौसम खुल्दै जाने पौडेलले बताउनुभयो ।

केही दिनदेखि मनसुन सक्रिय भएका कारण देशभर तीन दिनदेखि वर्षा भइरहेको छ। आज पनि काठमाडौँ, पोखरा लगायतका क्षेत्रमा पानी पर्ने सम्भावना छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *