कतारमा पनि मनाइयो संविधान दिवस

आदर्श अनलाइन/दोहा कतार

कतारमा पनि एक समारोहका बिच संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ ।

नेपाली राजदुतावासको आयोजनामा शुक्रबार कतारमा रहेका विभिन्न बैचारिक एवं सामाजिक संघ–संस्था पत्रकार, व्यवसायी लगाएतको सहभागीतामा मनाइएको हो ।

कार्यक्रममा अध्यक्षता ग्रहण गर्दै कतारका लागी कार्यबाहक राजदुत लक्ष्मण खनालले नेपालीको राष्ट्रिय झण्डा झन्डोत्तलन गर्नुभएको थियो । खनालले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति बिधादेवी भण्डारीले दिनुभएको सुभकामना सन्देश समेत सुनाउनु भएको थियो ।

कार्यबाहक राजदुत खनालले नेपालीको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य रहेको कतारमा पछिल्लो समयमा रोजगारी व्यवस्थीत बन्दै गएको बताउनुभयो । नेपालबाट कतारमा भएको राष्ट्रपति तथा अन्य बिशिस्ट ब्याक्तित्वको भ्रमण एवं कतार सरकारले काठमाडौमा स्थापना गरेको भिसा सेन्टरले रोजगारीलाई थप व्यवस्थीत बनाउदै लगेको बताउनुभयो ।





आर्थिक रूपमा समृद्ध कतारबाट नेपालमा लगानी भित्र्याउनको लागि दूतावासले समन्वय गरिरहेको भन्दै व्यवसायी तथा अन्य निजिक्षेत्र लाई पनि आ–आफनो ठाउ“बाट भुमिका खेल्न आग्रह गर्नुभयो । खनालले नेपाल सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको अभियान तथा भ्रमण बर्ष सन् २०२० लाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । साथै खनालले वैदेशिक रोजगारीको क्रममा कतारमा रह“दा पनि सदैव नेपाल र नेपालीको पहिचानलाई स्थापित गर्न सबै लाग्नुपर्ने बताउनुभयो । सो कार्यक्रमको सहजीकरण नेपाली राजदुतावासका दृतिय सचीव प्रबिन भट्टराईले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *