चलचित्र ‘छ माया छपक्कै’ ट्रेलर सार्वजनिक

काठमाडौं
नेपाली चलचित्रमा चर्चित चलचित्र निर्माण गरेका दिपकराज गिरी र दिपाश्री निरौलाको नयाँ चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक भएको छ।

राजधानीमा एक औपचारिक कार्यक्रम गर्दैै फिल्म युनिटले ट्रेलर सार्वजनिक गरेको हो।

ट्रेलर हेर्दा फिल्ममा दिपकराज गिरी विद्यार्थी नेता र केकी अधिकारी नर्सको भूमिकामा देखिन्छिन्। ट्रेलरले राजनीतिसँगै यि दुईको प्रेमलाई छोएको छ। ट्रेलरमा केदार घिमिरे, जितु नेपाल, सुपुष्पमा भट्ट, शिशिर बाङ्देल, प्रकाश घिमिरे लगायत कलाकार पनि देखिएका छन् ।

दिपेन्द्र लामाको कथा तथा निर्देशन रहेको फिल्ममा अभिनेता गिरीले पटकथा तयार गरेका छन् । यो फिल्म असोज २४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ।
हेर्नुस् ट्रेलर :
https://www.youtube.com/watch?v=KlnZQRg3nMM

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *