फिफा वरियतामा नेपालको पाँच स्थान सुधार

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ ।

फिफाले शुक्रवार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १ सय ६१ औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १ सय ६६औँ स्थानमा रहेको थियो ।

दक्षिण एशियाको वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा माथि रहेको भारत १ सय ४औँ स्थानमा छ भने माल्दिभ्स १ सय ५३औँ स्थानमा छ ।

त्यसैगरी नेपालभन्दा तल रहेको भूटान १ सय ८५औँ स्थानमा रहँदा बङ्गलादेश १ सय ८७औँ स्थानमा छ । श्रीलङ्का २ सय २औँ स्थानमा छ भने पाकिस्तान २ सय ३औँ स्थानमा रहेको छ । विश्व वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छ ।

त्यसैगरी इङ्ग्ल्याण्ड चौथो, पोर्चुगल पाँचौँ, उरुग्वे छैटौँ, स्पेन सातौँ, क्रोएसिया आठौँ, कोलम्बिया नवौँ र अर्जेन्टिना दशौँ स्थानमा रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *