कामना सेवा विकास बैकंले बागलुङ बजार सरसफाई गरेको छ ।
संविधान दिवसको सन्दर्भ पारेर बैकंले स्वच्छ वातावरण हाम्रो अधिकार,सफा नेपाल हाम्रो कर्तब्य भन्ने मुल नाराका साथ बजार सरसफाई अभियान सञ्चालन गरेको हो ।
बैंकको सामाजिक उत्तरदायित्व अन्र्तगत धौलागिरि क्षेत्रमा रहेका चार वटा शाखाका कर्मचारीको उपस्थितीमा अअभाियन सञ्चालन गरिएको कार्यक्रमका संयोजक टंकनाथ लामिछानेले बताउनुभयो ।
प्रगतिको आधार कामना सेवासँग कारोवार भन्ने उद्घोषका साथ अघि बढेको बैंकले धौलागिरिको बाग्लुङ्ग बजार र गलकोट, पर्वतको कुश्मा र डिमुवा, म्यादीको बेनी शाखावाट सेवा प्रदान गर्दै आइरहेको बेनी शाखा प्रबन्धक सुदिप क्षत्रीले बताउनुभो । यस बैंकको शाखा संजाल ९९ वटा पुगेको छ, । अब निकट भविष्यमै बाग्लुङ्ग बजारमा शाखा विस्तारको तयारीमा छ ।
कुश्मा शाखाका प्रवन्धक टंकनाथ लामिछानेको संयोजकत्वमा संचालित कार्यक्रममा डिमुवा शाखाका प्रमुख ध्रुव पौडेल, बेनी शाखाका प्रमुख सुदीप क्षेत्री तथा गलकोट शाखाको निमित्त प्रमुख रिता खड्काले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन कुश्मा शाखाका रिलेसनसिप मेनेजर किशोर तिमिल्सीनाले गर्नुभएको थियो ।