बागलुङमा भाषा दिवस : ‘सांकेतिक भाषामा सबैको पहुँच’

आदर्श अनलाइन
बागलुङ

दोस्रो अन्तराष्ट्रिय सांकेतिक भाषा दिवस आइतवार बागलुङमा सचेतनामूलक ¥यालीका साथ मनाइएको छ ।

बागलुङ बहिरा संघ र धौलागिरि बहिरा आवासिय माध्यामिक विद्यालय बागलुङको संयुक्त आयोजनामा ट्राफिक चोकबाट निकालिएको ¥यालीले बजार परिक्रमा गरेको थियो ।

¥याली पश्चात लोकतान्त्रिक चोकमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले बहिराहरुलाई सांकेतिक भाषाको सहज पहुँच उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।

राज्यले सबै नागरिकलाई समान हक, अधिकार र फरक क्षमता भएकाहरुका हकमा बिशेष दायित्व बहन गर्नुपर्ने उल्लेख गर्दै उनीहरुले उच्च शिक्षा सम्म सांकेतिक भाषको पाठ्यपुस्तक सहित गुणस्तरिय पठन पाठनको समेत माग गरेका थिए । संसारभर सयौँ भाषा बोलिने भए पनि सांकेतिक भाषा सबैका लागि सजिलो भाषा भएकाले यसलाई अझ व्यापक बनाउन आग्रह गरेका थिए ।

कार्यक्रममा धौलागिरी बहिरा आवासिय माध्यमिक विद्यालयका संस्थापक तथा धौलागिरी अञ्चल अस्पताल बागलुङका अध्यक्ष केवी राना मगर, बहिरा संघ बागलुङका अध्यक्ष सन्तोष पौडेल, धौलागिरि बहिरा आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशमबहादुर श्रीस, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, बिद्यालयका पूर्व प्रधानाध्यापक बसन्तजंग राजभण्डारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम बागलुङ बहिरा संघका सह–सचिव तथा कार्यक्रमका संयोजक सुनिता शर्माको अध्यक्षता र संघका सचिव बासु थकालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *