समुदायमा आधारित युवा साकोस महिलाका लागि सारथी बन्दै

आदर्श अनलाइन/ भक्तपुर

विशेष गरी शहरी क्षेत्र र आसपासका सहकारीहरु समुदाय केन्द्रीत भएनन् ? भन्ने गुनासो आइरन्छ, केही खराव काम गर्ने शहरिया सहकारीलाई हेरेर सिंगो सहकारी क्षेत्र नै खराव छ भन्ने आरोप पनि लाग्ने गरेको छ । तर राजधानी भित्रै धेरै समुदाय केन्द्रीत सहकारी छन् र तिनले आफ्नो लक्ष्य अनुसार आफ्ना सदस्य र समुदायको हितमा अनेकन काम गरेका थुप्रै उदाहरणहरु छन् । यस्तै सहकारी मार्फत सदस्य र समुदायको हितमा क्रियाशिल सहकारी संस्थाहो भुक्तपुरको चाँगुनारायण नगरपालिकावडा नं. ६ नगरकोटमा सञ्चालित युवा वचत तथा ऋण सहकारी संस्था लिमिटेड ।

२०५६/०५७ मा सदस्यहरुको स–सानो पूँजि संकलन गरी घर खर्च टार्ने उद्देश्यका साथ स्थापना भएको युवा साकोसले यतिबेला आधा अर्बको कारोबार गर्न सफल भएको छ । संस्थामा करिव ४ हजार शेयर सदस्य, करिब २ हजार जना बाल बचत कर्ताले नियमित वचत गर्ने गरेका छन् । शेयर सदस्यहरुले आफ्नो आवश्यकताका आधारमा कर्जा लिने र व्यवसाय गर्ने गरेका छन्, शेयर सदस्यहरु मध्ये पनि धेरै महिलाहरुले कर्जा लिने गरेका छन् ।

साधारणसभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी

राजधानीको नजिकै भएको र पर्यकीय क्षेत्र नगरकोट नजिकमा रहेकाले स्थानीय उत्पादनका लागि कर्जा लाने गरेको संस्थाका अध्यक्ष प्रल्हाद बाँस्तोलाले जानकारी दिनुभयो । तरकारी खेती लगायत उत्पादनका क्षेत्रमा काम गर्ने शेयर सदस्यहरुका लागि संस्थाले १२ प्रतिशत ब्याजमा कर्जा लगानी गर्ने गरेको र यो सुविधा धेरै जसो महिलाहरुले प्राप्त गरेको अध्यक्ष बास्तोलाको भनाइ छ । संस्थाले महिला तथा विपन्न वर्गका जनताका लागि वित्तीय साक्षरता, स्वास्थ्य तथा सरसफाई लगायत विभिन्न जनचेतनामुलक कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेको छ ।

समुदायमा आधारित युवा साकोसमा गत असार मसान्तसम्म हाल ३ करोड ४ लाख शेयर रकम, ३ करोड ३५ लाख कोष, ३८ करोड ७५ लाख निक्षेप, ३५ करोड २० लाख कर्जा लगानी रहेको संस्थाका कोषाध्यक्ष प्रकाश बास्तोलाले जानकारी दिनुभयो । संस्थाले आ.ब.०७५÷०७६ मा ७१ लाख ५० हजार रुपैयाँ मुनाफा आर्जन गरेको जनाएको छ ।

यसैबीच युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं बार्षिक साधारण सभा शनिवार सम्पन्न भयो । सभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी अभियानले आम मानिसको जीवनस्तर रुपान्तरण गरेको उल्लेख गर्दै सरकारको सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानको एउटा शसक्त क्षेत्र सहकारी भएकाले जनताको सन्तुष्टीका लागि सहकारीले भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले सरकारले सहकारीमार्फत गरिबीको रेखामूनि रहेका आम मानिसहरुको जीवनस्तर रुपान्तरणका लागि उत्पादन र रोजगारीको अवसर सिर्जना गर्ने ढंगबाट सहकारीहरुको व्यवस्थापन र सञ्चालनको नीति अंगिकार गर्नुपर्नेमा जोड दिनुभयो । नागरिकहरुका लागि नागरिकहरुद्धारा नै सञ्चालन हुने सहकारी नीतिलाई आत्मसाथ गर्दै सहकारीलाई उत्पादन, रोजगारी र विकाससँग जोड्नुपर्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष प्रल्हाद बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष कान्छाभक्त घजु, संस्थाका संस्थापक अध्यक्ष एवम् सल्लाहकार संयोजक श्रीराम लामिछाने, चाँगुनारायण नगरपालिका वडा नं. ६ र ७ का अध्यक्षद्वय सन्तबहादुर वाइवा र ज्ञानबहादुर केसी, चाँगुनारायण नगरस्तरीय सहकारी सञ्जालका संयोजक उमेश प्रधान, नगरपालिकाका सहकारी शाखा प्रतिनिधि भुवनहरी अधिकारी, निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष निरञ्जन बजगाई, झझल्को साकोसका अध्यक्ष मनोज गिरी, सिद्धिगणेश साकोसका सचिव रुद्र नारायण लाखा लगायतले समृद्ध नेपाल निर्माण र नागरिकहरुको आर्थिक उन्नतीमा सहकारी अभियानले पु¥याएको योगदानको चर्चा गर्नुभयो ।

कार्यक्रममा १० जना असल ऋणीलाई सम्मान गरिएको थियो भने बर्ष कर्मचारी पुरस्कारबाट कार्यालय सहायक पुजा थिङ्गलाई पुरस्कृत गरिएको उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सविता खत्रीले जानकारी दिनुभयो । साधारण सभामा बाल सदस्यहरुले राष्ट्रिय भावनाका गितहरुमा नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा संस्थाका अध्यक्ष प्रल्हाद बास्तोलाले युवा साकोसको स्थापना, यसको उद्देश्य र संस्थाले प्रदान गर्दै आएको सेवाका सन्दर्भमा जानकारी दिनुभयो । उहाँले आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा संस्थाले खेलेको भूमिकाका बारेमा चर्चा गर्नुभयो ।

साधारणसभाले संस्थाका सचिव सोम शर्मा (बजगाईं)द्धारा प्रस्तुत बार्षिक प्रगती प्रतिवेदन तथा प्रस्ताविक कार्यक्रम, कोषाध्यक्ष प्रकाश बास्तोलाद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयोजक जयराम बास्तोलाद्धारा प्रस्तुत आन्तरिक लेखा परिक्षण पारित गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *