उत्कृष्ट गन्तव्य गाउँमा बागलुङको फापरखेत छनोट

आदर्श अनलाइन/बागलुङ
भिटोफले नेपालकै तीन उत्कृष्ट गन्तव्य गाउँ मा काठेखोला ४ तंग्रामको फापरखेतलाई समावेश गरिएको छ ।

विश्व पर्यटन दिबसको अबसरमा राजधानीमा आयोजित बिशेष कार्यक्रममा फापरखेतको फापरखेत झुलेनी होम स्टेलाई भिजिट नेपालको लोगो सहितको गन्तव्य गाउँको प्रमाणपत्र प्रदान गरिएको हो ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल ९भिटोफ० ले यस बर्षको गन्तव्य गाउँको रुपमा फापरखेतलाई छनोट गरेको फापरखेत झुलेनी होम स्टेका सञ्चालक कृष्ण पुनले जानकारी दिनुभयो ।

काठमाण्डौंमा आयोजित कार्यक्रममा फापरेखत झुलेनी होम स्टेका सञ्चालक सहित पर्यटन अभियन्ता

नेपाल भ्रमण बर्ष २०२० का कार्यक्रम संयोजक तथा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज बैद्य, पर्यटनबिद डा. प्रेम शर्मा, नेपालका सफल पर्यटन ब्यबसायी महादेव शर्मा, पर्यटन अभियन्ता कृष्ण केसी लगायतको कार्यक्रममा बिशेष उपस्थिति थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *