आदर्श अनलाइन/म्याग्दी
म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ गलेश्वरमा सरसफाई गरिएको छ ।
नेपाल युवा परिषद्को राष्ट्रिय कार्यक्रम अनुसार बेनी नगरपालिकाको आर्थिक सहयोगमा म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थी र युवाहरुले मन्दिर परिसरको सरसफाई गरेका हुन् । १ सय ६ जना युवा विद्यार्थीले मन्दिर परिसरको फोहोर संकलन गरेर व्यवस्थापन गरिएको नेपाल युवा परिषद्का प्रतिनिधि सदिक्षा सुवेदीले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिको समेत सहभागिता भएको कार्यक्रम बेनी नगरपालिका–९ का वडा अध्यक्ष बेलबहादुर चोखालको प्रमुख आतिथ्यतामा भएको परिषद्का प्रतिनिधि छवी आचार्यले बताउनुभयो । सरसरफाई कार्यक्रमका लागि बेनी नगरपालिकाले दश हजार र युवा परिषद्ले दश हजार रुपैयाँ सहयोग गरेका थिए ।
नेपाल पर्यटन वर्ष २०२० लाई सफल बनाउन परिषद्ले युवा परिचालन गरेर विभिन्न रचनात्मक कार्यक्रम गर्ने जनाएको छ ।