बागलुुङ वहिरा संघको नयाँ कार्यसमिति सर्वसम्मत चयन

दोभाषे नहुुदा बहिरालाई समस्या

बहिरा संघ बागलुुङको १९ औँ साधारण सभा तथा आठौ अधिवेशन शनिवार सम्पन्न भएको छ ।

अधिवेशनले नलबहादुुर थापाको अध्यक्षतामा आठ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा अमृत शर्मा र सुुनिता शर्मा, सचिव बासुु थकाली सह–सचिव र टेकनाथ आचार्य कोषाध्यक्षमा चयन भएको बहिरा संघ बागलुुङका निवर्तमान अध्यक्ष सन्तोष पौडेलले जानकारी दिनुुभयो । सदस्यहरुमा मिना परियार, जमुुना आचार्य, यादव रेग्मी र गोपाल गिरी रहनुुभएको छ ।

अधिवेशनको उद्घाटन पछि बोल्दै नेपाल राष्ट्रिय बहिरा महासंघका अध्यक्ष केपि अधिकारीले देशमा दोभाषे (दुुवै भाषा बोल्न सक्ने ) नहुुँदा देशमा के भैरहेको छ भनेर बहिराहरुलाई अझै थाहा हुुन नसकेको बताउनुुभयो । अहिले सबै कार्यालयका दोभाषे वहिरा संघको कर्मचारी तथा सांकेतिक भाषा जानेको कर्मचारी नहुुदा बहिराहरु सरकारी काममा जाँदा लेखेर कुुुराकानी गर्नुुपर्ने अवस्था भएकाले सवैका लागि सांकेतिक भाषा अनिवार्य रहेको समेत अधिकारीले बताउनुभयो ।

राष्ट्रिय बहिरा संघ गण्डकी प्रदेशका अध्यक्ष राजेन्द्रप्रसाद शर्माले अव सवै स्थानिय तहसँग समन्वय गरेर दोभाषे बहिरा संघको कर्मचारी (दुवै भाषा बोल्नुु सक्ने ) अनिवार्य गर्नुुपर्ने माग गर्नुभयो ।

कार्यक्रममा बागलुुङ नगरपालिका २ का अध्यक्ष जिवन आचार्य, धौलागिरी अञ्चल अस्पतालका अध्यक्ष केवि राना मगर, जिल्ला अपाङ्गता संघ बागलुुङका अध्यक्ष चिजा थापा, पत्रकार महासंघ बागलुुङ शाखाका सचिव राम थापा अविरल, बहिरा संघ बागलुुङका सल्लाहकार वसन्तजंग राजभण्डारी, जिल्ला अपाङ्गता संजालका सचिव होमनाथ शर्मा, बहिरा संघका बागलुुङका अध्यक्ष रेशम श्रीस लगायतले बोल्नुुभएको थियो । यसैविच बहिरा संघ बागलुुङ संस्थापक सुविल श्रेष्ठ, विद्यालक्ष्मी श्रेष्ठ, तेकनाथ आचार्य र पोखरामा सम्पन्न भएको सेवेन ए साइट फुुटवल प्रतियोगितामा खेलाडीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बागलुुङ बहिरा संघको अध्यक्ष सन्तोष पौडेलको अध्यक्षता, सदसय जसोदा कँडेलको स्वागत र कार्यवाहक सचिव सुुनिता शर्मा र बहिरा संघ बागलुुङका कर्मचारी दोभाषे मिरा विष्टको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *