सिवाईसीको नयाँ सञ्चालक समिति सर्वसम्मत, अध्यक्षमा पुनः शर्मा

आदर्श अनलाइन/बागलुङ
सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको दशौ बार्षिक साधारणसभाबाट सर्वसम्मत नयाँ सञ्चालक समिति चयन गरिएको छ ।

संस्थाको वार्षिक साधारणसभाबाट चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति चयन गरिएको छ भने पदमपाणी शर्माको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन भएको छ ।

सञ्चालक समितिको उपाध्यक्षमा गण्डकी थापा अधिकारी, सचिव जयराम भारी, सह–सचिव सुवास आचार्य, कोषाध्यक्ष सिता सापकोटा कँडेल र सदस्यहरुमा हर्कवहादुर पाण्डे, मोतीराम गौतम, कृष्णप्रसाद रिजाल, मेषलाल शर्मा, विष्णुराज पन्त, पुतली थापा, दिपा गौतम पौडेल, भिमकुमारी श्रीस रहनु भएको छ । यस्तै लेखा सुपरीवेक्षण समितिको सदस्यहरुमा गुमादेवी चापागाई र हरिप्रसाद पौडेल रहनुभएको छ । सञ्चालक समिति चयनका लागि मनोनयनका क्रममा नेतृत्वका बिषयमा बिभिन्न चर्चा परिचर्चा र दावी भए पनि अन्ततः सर्वसम्मत रुपमा समिति चयन भएको संस्थाले जनाएको छ ।

नवनिर्वाचित सञ्चालक समितिका अध्यक्ष पौडेललाई निर्वाचन अधिकृत अधिवक्ता भुमिश्वर शर्मा गौतमले र अन्य पदाधिकारी सदस्यहरुलाई अध्यक्ष पौडेलले सपथ तथा पदभार ग्रहण गराउनु भएको थियो । कार्यक्रममा नवनिर्वाचित सञ्चालक समितिको तर्फबाट अध्यक्ष पौडलले सिवाईसीको नयाँ सञ्चालक समिति समक्ष अवसर र चुनौती दुबै रहेको उल्लेख गर्दै अबको चार वर्षको अवधिमा सिवाईसी जिल्लाको सबैको घर घरमा पुग्ने गरी कार्य गर्ने उद्घोष गर्नुभयो । उहाँले सिवाईसीले छोटो अवधिमा गरेको प्रगतिलाई आत्मसाथ गर्दै आगामी कार्यकालमा यो भन्दा उत्कृष्ट रुपमा कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम निर्वाचन अधिकृत भुमिश्वर गौतमको अध्यक्षता, निर्वाचन समिति सदस्य सुमन जिसीको स्वागत र सदस्य हरि गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *