वडा वडामा प्रशिक्षण चलाउदै राष्ट्रिय जनमोर्चा

-राम सुवेदी/बागलुङ

राष्ट्रिय जनमोर्चा बागलुङले जिल्लाका वडा वडामा पुगेर राष्ट्रिय स्वाधीनताको लागि गाउँ जागरण अभियान सञ्चालन गरेको छ ।

जिल्लाका सबै वडाहरुमा कार्यकर्ता प्रशिक्षण सहित, राष्ट्रिय स्वाधिनताका पक्षमा जागरण अभियान सञ्चालन गरिएको राजमोले जनाएको छ ।

‘राष्ट्रियताको राक्षा, संघीयताको खारेजी, कर वृद्धि, महंगी भ्रष्टाचार, तस्करी, कालाबजारीको विरुद्धमा गाउँ गाउँमा पुगेर जनता जागरण कार्यक्रम सञ्चालन गरिएको, राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर बहादुर थापाले बताउनुभयो । देशमा गणतन्त्र आयो तर, हत्या हिंशा र बलात्कारका घटनाहरु रोकिएन, लागुऔषध ओसारपसार तथा चेलिबेटी बेचविखनमा कमी आएन, जस्ले नेपाली जनतामा शान्ति सुरक्षा र अमनचयन कायम हुन सकेन भन्दै राज्य सत्ता जनताको भरोसा र विश्वासको विम्ब हुनुपर्ने उहाँको भनाई छ ।

‘ देशमा अतिक्रमण रोकिएको छैन, नेपालको जलस्रोत माथि बैदेशिक हस्तक्षेप उस्तै छ, छिमेकी मुलुकहरु राष्ट्रको सीमा मिच्छन्, नेपाल सरकार चुप लागेर बस्छ । यो अवस्था आउनु भनेके राष्ट्रियता माथिको हस्तक्षेप स्वीकार गर्नुभएको उहाँको तर्क छ । सन १९५० लगायतका असमान सन्धी संझैताहरु खारेज गर्नुपर्ने, सीमा अतिक्रमण र बैदेसिक हस्तक्षेप अन्त्यका लागि सरकारको ध्यनाकर्षण आवश्यक रहेको थापाले बताउनुभयो ।

गाउँ जागरण अभियानका क्रममा राजमोका जिल्ला स्तरिय नेताहरु ।

बागलुङमा गत भाद्र २५ गतेदेखि कार्तिक महिनाभर विभिन्न कार्यक्रमहरु सहित राष्ट्रिय जनमोर्चा यतिवेला गाउँ गाउँमा पुगेको छ । सरकारले नागरिकताका सवालमा ल्याएको खुकुलो नीतिको विरोध, शिक्षा, स्वास्थ्य र यातायातका क्षेत्रमा भएका अनियमितताको अन्त्य, जनताको मौलिक हक अधिकारको संरक्षणमा जोड दिन अभियान आवश्यक रहेको राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भीमलाल पोखरेलले बताउनुभयो ।

बागलुङ ढोरपाटनको महत्वपूर्ण जलाशययुक्त जलविद्युत आयोजना निर्माणमा दवाव दिने, मध्यपहाडि लोकमार्ग। ढोरपाटन-सालझण्डी सडक निर्माण लगायतका राष्ट्रिय गौरवका आयोजनाहरु समयमै निर्माण सम्पन्न गर्न जोड दिने, ढोरपाटन सिकार आरक्षको व्यवस्थापन र स्थानीय जनताको सहभागीतामा नीति नियम निर्माण गरी जनताको पहुँच पुग्ने गरी सञ्चालनमा ल्याउन सरकारलाई जवाफ देही बनाउन आवश्यक रहेको उहाँको भनाई छ ।

स्थानीय तहमा हुने विकास निर्माणमा प्रत्यक्ष जनसहभागीता, स्थानीय स्तरमा रहेको पर्यटकीय स्थलहरुको आवश्यक प्रचार प्रसार गर्दै, पर्यटन व्यवसायबाट जनताको आय आर्जनमा टेवा पुग्ने कार्यक्रम सरकारले ल्याउनु पर्नेमा जोड दिने अभियानको लक्ष्य रहेको जिल्ला सचिव पोखरेलको भनाई छ । कृषि, पर्यटन, पशुपालन, युवा रोजगार, महिला, दलित समुदाय, पिछडिएको वर्गको उत्थानका लागि अभियनले सचेतना प्रदान गर्ने उहाँले बताउनुभएको छ ।

बागलुङका १० वटै स्थानीय पालिकाहरुमा ८ वटा टोली बनाएर कार्यक्रम सञ्चालन गरिएको जिल्ला समन्वय समिति बागलुङका प्रमुख तथा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुँगानाले बताउनुभयो । अभियानमा राष्ट्रिय जनमोर्चा सहित पार्टि जनवर्गिय संगठनहरुलाई समेत सक्रिय बनाएर लागेको उहाँको भनाई छ । विभिन्न वडा, टोलहरुमा संगठन निर्माण, प्रशिक्षण र भेटघाट सहित अभियान तीव्र पारिएको ढुँगानाले बताउनुभयो ।

सरकारले आगामी मंसिर १४ मा उपनिर्वाचन घोषणा गरेको छ । जिल्लाका मुख्य तीनवटै दलका कार्यक्रमहरु गाउँ केन्द्रित भइरहँदा, राष्ट्रिय जनमोर्चा पनि त्यसै गरेको हो कि जस्तो देखिन्छ तर, जिल्लाको बैठकले तय गरेको कार्यक्रम अनुसार अभियान सुरु भएको राष्ट्रिय जनमार्चाका उपाध्यक्ष धर्मबहादुर कुवँरको भनाई छ । जनताको घर घरमा शुख दुःखमा राष्ट्रिय जनमोर्चा पुग्छ र समस्या बुझेर त्यसको समाधान खोज्छ भन्दै कसवरले, गाउँमुखी कार्यक्रम सञ्चालन आवश्यक रहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *