अमेरिकी डीभी खुल्ला, पासपोर्ट नम्बर अनिवार्य

आदर्श अनलाइन/काठमाण्डौं
अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) २०२१ का लागि आवेदन खुल्ला गरेको छ।

सूचना अनुसार, २०१९ अगष्ट २ नोभेम्बर ५ सम्म आनलाइन मार्फत आवेदन दिन सकिनेछ ।

अमेरिकाको आप्रवासी ऐन ९इमिग्रेसन एण्ड नेशनालिटी एक्ट० को व्यवस्था अनुसार डिभीका लागि आवेदन खुल्ला गरेको हो। जस अनुसार अमेरिकामा कम आप्रवासी भएका मुलुकका नागरिकलाई अमेरिकाले चिठ्ठा मार्फत भिसा उपलब्ध गराउँछ। डिभी मार्फत यस वर्ष ५५ हजारका लागि भिसा उपलब्ध गराउने सूचनामा जनाइएको छ। डिभी भरे वापत कुनै शुल्क लाग्ने छैन।

अघिल्ला वर्षका शर्त यथावत राख्दै यसपटक अमेरिकाले डिभी भर्नका लागि पासपोर्ट नम्बर चाहिने नयाँ व्यवस्था गरेको छ। साथै जारी गरिएको देश र पासपोर्टको म्याद अवधि पनि उल्लेख गर्नु पर्नेछ। तर डिपेन्टेन्टमा जानेका लागि भने यो आवश्यक छैन। कम्युनिस्ट देशका नागरिक र देशविहीनहरूका लागि पनि इन्टरनेशनल ट्राभल पासपोर्ट नम्बर नचाहिने आवेदनको सूचनामा उल्लेख छ।

यो पनि पढ्नुहोस्