शुभकामनामा पनि सहकारीकर्मीको जोड ः सहकारीको पैसा सहकारीमै

आदर्श अनलाइन/ बागलुङ
बागलुङका सहकारीकर्मीले सहकारी क्षेत्रमा भएको रकमलाई सहकारी क्षेत्रमै परिचालन गर्न जोड दिएका छन् ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाले विजया दशमी, दीपावली, नेपाल सम्बत तथा छठ पर्वका अवसरमा बुधवार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

सहकारीमा जनताले पैसा जम्मा गरेका छन्, त्यो पैसालाई बढी भन्दा बढी प्रतिफल प्राप्त हुने गरी सहकारीकै बैंक तथा संघहरुमा रकम राख्नका लागि सहभागीहरुले आग्रह गरेका थिए । सहकारी क्षेत्रको पैसालाई सहकारीमै लगाउन सकियो भने त्यसको प्रत्यक्ष लाभ सदस्यहरुलाई हुने भएकाले यसतर्फ लाग्न सबैको सुझाव थियो ।

राष्ट्रिय सहकारी बैंकले शेयर लगानीमा गत वर्षदेखि नै १५ प्रतिशत लाभांश दिएको तथा कारोबार गर्ने संघ संस्थाहरुलाई संरक्षित पूँजि फिर्ता कोषमार्फत थप रकम दिने भएकाले तरलताको सबै रकम बैंकमा राख्न बैंकका सञ्चालक रामबहादुर जिसीले आग्रह गर्नु भयो । सदस्य संघ संस्थाहरुलाई शेयर लाभांशका साथै संरक्षित पूँजिकोषबाट वचत गरेको ब्याज र कर्जा लिएर भुक्तानी गरेको ब्याजका आधारमा थप रकम प्रदान गरिदै आएको उहाँले बताउनु भयो ।

कार्यक्रममा नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्माले सहकारीहरुलाई विधिसम्म्मत चलाउने र सहकारी बैंकमार्फत कारोबार गर्न सकेमा थप आयआर्जन गर्न सकिने सुझाव दिनु भएको थियो । जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, कृषि सहकारी संघका अध्यक्ष नरबहादुर थापा, बचत तथा ऋण सहकारी संघका लेखा संयोजक महेन्द्रसिंह रायमाझी, बहुउद्देश्यीय सहकारी संघका सञ्चालक कृष्णप्रसाद पौडेल (कुमार), जिल्ला सहकारी संघका कोषाध्यक्ष हुमाकुमारी जि.सी. (अञ्जु) लगायत सम्पूर्ण सहभागीहरुले शुभकामना, जिज्ञासा तथा सुझाव राख्नु भएको थियो ।

बैंकका शाखा प्रमुख युवराज त्रिपाठीले बागलुङ शाखाको वर्तमान अवस्था र आगामी योजनाका बारेमा जानकारी गराउदै सबै सहकारी संघ सस्थाहरुलाई बैंकसंग कारोबार गर्न आव्हान गर्नु भएको थियो ।

कार्यक्रम राष्ट्रिय सहकारी बैंक शाखा समन्वय उपसमितिका सहसंयोजक अशोकगोविन्द राजभण्डारीको अध्यक्षता, शाखा प्रमुख युवराज त्रिपाठीको सञ्चालन र कर्मचारी ङ प्रसाद ढकालको स्वागतमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *