राजेशचन्द्र राजभण्डारी/बागलुङ
नेपालीहरूको महान चाड बिजया दशमीलाई लक्षित गरेर नेपाल बैक लिमिटेड बागलुङले बुधवारदेखि सर्वसाधारणलाई नयाँ नोट साट्न शुरु गरेको छ ।
दशैंलाई लक्षित गरि राष्ट्र बैकसंग नयाँ नोट माग गरि पठाए पनि यस पटक कम आएकाले प्रति व्यक्ति जम्मा १० हजार मात्रै दिएको नेपाल बैंक लिमिटेडका शाखा प्रबन्धक दुर्गाप्रसाद अर्यालले बताउनुभयो ।
बैंकले लाइनमा बस्ने सर्वसाधारण लाई रू एक सयको पाँच हजार, पचासको दुई हजार, पाँच सय, बीसको एक हजार, रू दशको नोट एक हजार र रू पाँचको नोट पाँच सय गरि जम्मा दश हजार दरले सटही गरेको नेपाल बैंकका खजान्चि अमृत शिवाले आदर्श अनलाइनलाई बताउनुभयो ।
बुधबार मात्रै बागलुङ सदरमुकाममा सर्वसाधारणलाई ५० लाख रूपैयाँ बितरण बिहीबार पनि नयाँ नोट बितरण गर्ने कार्यक्रम रहेको शिवाले जानकारी दिनुभयो ।
बागलुङ शाखाबाट गलकोट ,बुर्तिवाङ ,र पर्वत शाखालाई समेत नयाँ नोट पठाएको कारणले यो बर्ष कममात्र बितरण गरिएको नेपाल बैंकले जनाएको छ । गत बर्ष नेपाल बैंक लिमिटेडले दशैको अबधिमा एकजना सर्वसाधारणलाई १८ हजारको दरले नयाँ नोट बितरण गरेको थियो ।
बागलुङ सदरमुकाममा दुई दर्जन भन्दा बढी निजी क्षेत्रका बैंकहरू भए पनि दशैंमा कुनै पनि बैंक तथा बित्तिय संस्थाले नयाँ नोट बितरण गरेको छैन ।
उता, नेपाल बैंक लिमिटेडले म्याग्दीका लागि बेनी शाखालाई खुद्रा र नयाँ नोट सटहीका लागि ३५ लाख रुपैयाँ पठाएको थियो । प्राप्त रकम प्रतिव्यक्ति ८ हजार ५ सय रुपैयाँका दरले बुधबार एकै दिनमा वितरण गरेर सकिएको नेपाल बैंक लिमिटेड बेनी शाखाका प्रबन्धक मोहन लामीछानेले आदर्श अनलाइनलाई बताउनुभयो ।