सफल महिला साकोस पर्वतको अध्यक्षमा भण्डारी

आदर्श अनलाइन/ पर्वत
पर्वतको जलजला गाँउपालिका वडा नं. ३ वारीबेनीमा सञ्चालित सफल महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौ वार्षिक साधारणसभा सर्वसम्मत नयाँ सञ्चालक समिति र लेखा समिति चयन गर्दै बुधवार सम्पन्न भएको छ ।

साधारणसभाबाट संस्थाको अध्यक्षमा अम्बिका भण्डारी, उपाध्यक्षमा केशव कुमारी रेग्मी, सचिवमा पवित्रा क्षेत्री खड्का, सहसचिवमा जुना जि.सी र कोषाध्यक्षमा विष्णु बानियाँ चयन हुनु भएको छ ।

सञ्चालक समितिका सदस्यहरुमा सीता कुमारी बरुवाल जैसी, संगिता जिसी बानिया, रेणु मल्ल, लिला थापा, लक्ष्मी कुमारी जोशी, सकुन्तला शाही, शोभा भण्डारी र बिना खत्री चयन हुनु भएको छ ।
साधारणसभाले संस्थाको लेखा समितिको संयोजकमा विद्यादेवी शर्मा तथा सदस्यहरुमा सीता भण्डारी शर्मा र जुना थापालाई सर्वसम्मत चयन गरेको छ ।

नवनिर्वाचित सञ्चालक समिति लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई संस्थाका सल्लाहकार तथा निर्वाचन उपसमितिका संयोजक हरि गिरीले सपथ ग्रहण गराउनु भएको थियो ।
साधारणसभाको उद्घाटन जलजला गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष देवेन्द्र भण्डारीले गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा वडा अध्यक्ष भण्डारी, संस्थाका सल्लाहकार अमृता भण्डारी, नवकालीगण्डकी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डिलबहादुर बरुवाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष इश्वरी हमाल बरुवालको अध्यक्षता, उपाध्यक्ष अम्बिका भण्डारीको स्वागत र कोषाध्यक्ष पवित्रा क्षेत्री खड्काको सञ्चालनमा सम्पन्न भएको थियो । साधारणसभाले प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा समितिको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

२ सय १७ जना महिलाहरु सदस्य रहेको सफल साकोसमा ८२ लाख ३३ हजार शेयर पूँजि, १ करोड ९८ लाख निक्षेप र २ करोड ४८ लाख कर्जा लगानी रहेको संस्थाका प्रवन्धक कमला बानियाँ थापाले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाले आगामी दिनमा शेयर सदस्य थप गर्ने, शेयर रकम लगायत कारोबार वृद्धिका लागि योजना बनाएर अगाडि बढेको छ । महिलाहरुलाई आर्थिक रुमपा शसक्त बनाउदै समाज रुपान्तरणका क्षेत्रमा सहकारीको योगदान बढाउन सफल सहकारी निरन्तर क्रियाशिल रहेको प्रवन्धक थापाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *