म्याग्दीको बेनी साकोसको अध्यक्षमा गिरी

आदर्श अनलाइन/म्याग्दी
म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा लामो समयदेखि सञ्चालित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ वार्षिक साधारणसभा नयाँ सञ्चालक समिति र लेखा समिति सर्वसम्मतीले चयन गर्दै सम्पन्न भएको छ ।

साधारणसभाबाट रमेश गिरी पुनः अध्यक्ष पदमा सर्वसम्मत चयन हुनु भएको छ । सहकारीलाई व्यवसायिक रुपमा अगाडि बढाउने प्रतिवद्धताका साथ यस पूर्व अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका गिरीलाई साधारणसभाले आगामी ४ वर्षका लागि संस्थाको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरेको हो ।

सञ्चालक समितिको उपाध्यक्षमा सञ्जय श्रेष्ठ, सचिवमा माधव प्रसाद रेग्मी, कोषाध्यक्षमा कृष्ण प्रसाद श्रेष्ठ तथा सदस्यहरुमा नेत्रबहादुर महत, ताराप्रसाद श्रेष्ठ, तुलशीलता श्रेष्ठ, कमल प्रसाद श्रेष्ठ, तप्तबहादुर विक, निरञ्जना श्रेष्ठ, यज्जनलाल शाक्य र चन्द्रबहादुर घिमिरे सर्वसम्मत चयन हुनु भएको छ । साधारसभाबाट लेखा समितिको संयोजकमा यामबहादुर शाक्य तथा सदस्यहरुमा दर्गाबहादुर घिमिरे र शिवप्रसाद केसी चयन गरेको छ ।

बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नयाँ सञ्चालक समिति

बेनीको पुरानो र व्यवस्थित रुपमा सञ्चालित बेनी बचतले आफ्ना शेयर सदस्यहरुबाट २ करोड ३९ लाख १४ हजार शेयर रकम, ३२ करोड ५७ लाख निक्षेप र २६ करोड ७३ लाख कर्जा लगानी गरेको प्रवन्धक सञ्जन चौधरीले जानकारी दिनु भएको छ ।

संस्थाका अध्यक्ष रमेश गिरीको अध्यक्षता, उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठको स्वागत र सचिव लक्ष्मण शर्माको सञ्चालन तथा जेष्ठ सेयर सदस्य कृष्णकुमारी श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारणसभाको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *