पर्वतका थापा लिगलिगे दौड जितेर चौंथो पटक राजा

आदर्श अनलाइन/गोरखा
पर्वत जिल्लाका अनिश थापा दशौं लिगलिगे दौड जितेर लिगलिगे राजा बनेका छन् ।

गोरखामा बर्षेनी आयोजना प्रतियोगितामा यसअघि तीन पटक लिगलिगे दौड जितेर राजा बन्नुभएका थापा चौथो पटक पनि राजा बन्न सफल हुनुभएको हो । चेपे र मर्स्याङ्दीको दोभानबाट लिगलिगकोट सम्मको १३.८ किलोमिटर दुरी ५७ मिनेट ५५ सेकेण्डमा पार गर्दै थापा लिगलिगे दौड जित्न सफल हुनुभएको हो । थापा भारतीय सेनामा कार्यरत हुनुहुन्छ । गोरखाको लिगलिगकोटमा पहिले पहिले दौडेर राजा हुने प्रचलन थियो ।

सोही दुरी १ घण्टा एक मिनेट ८ सेकेण्डमा पार गरी डोटी जिल्लाका खगेन्द्रबहादुर भाट दोस्रो बन्न सफल भएका छन्। एकघण्टा एक मिनेट ३४ सेकेण्डमा पार गरी लम्जुङका रामजी बस्नेत तेस्रो हुनुभएको छ ।

लिगलिगे दौडमा प्रथम हुनेलाई यस वर्षदेखि एक दिनका लागि लिगलिगे राजाका साथै एक वर्षका लागि पालुङ्टार नगरपालिकाको सद्भावना दूत पनि घोषणा गरिनेछ। नगरपालिकाले आयोजना गरेका ठूला कार्यक्रमहरुमा उहाँलाई स–सम्मान दूतको रुपमा आमन्त्रण गराइनेछ।

पालुङ्टार नगरपालिका, लिगलिगकोट विकास अभियान र रणसिंह दल गणको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न भएको स्थानीय हरि देवकोटाले जानकारी दिनुभभयो । प्रतियोगितामा प्रथम हुनेलाई राष्ट्रिय सभाका प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेले ६० हजार १ सय रुपैयाँ, लिगलिगे राजाको र पालुङ्टार नगरपालिकाको सद्भावना दूतको दर्जा, श्रीपेच, पगरीमा सजाउने, मेडल र प्रमाणपत्र पुरस्कार दिइने कार्यक्रम रहेको मेयर दीपकबाबु कँडेलले जानकारी दिनुभयो। साथै उहाँलाई राजकीय सम्मानका साथ पालुङटार नगर परिक्रमा गराइनेछ।

यस्तै, दोस्रो हुनेलाई ३५ हजार १ सय रुपैयाँ, तेस्रो हुनेलाई २५ हजार १ सय रुपैयाँ, चौथो हुनेलाई १५ हजार र पाँचौ हुनेलाई १० हजार रुपैयाँ सहित मेडल छ। सबै पुरस्कारको व्यवस्था नेपाली सेनाले गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *