घोडेपानीमा मोना कप, उपाधि घतान र संघले जित्यो

आदर्श अनलाइन/म्याग्दी
वडा स्तरीय पुरुष र खुल्ला भलिबल प्रतियोगिता प्रथम मोना कप-२०७६ को उपाधि घतान र जिल्ला भलिबल संघले जितेका छन् ।

म्याग्देली प्रवासी नेपाली संघ ९मोना०को आयोजनामा भएको वडास्तरीय पुरुष भलिबलमा घतान र खुल्ला महिला भलिबलमा संघले उपाधि जितेको हो।

अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीमा बिहीबार भएको फाइनलमा घतानले बेनी नगरपालिका-५ पुलाचौरलाई सोझो तीन सेटमा पराजित गरेको थियो । भलिबल संघसँग पराजित अन्नपूर्ण गाउँपालिका महिला भलिबलमा दोस्रो भएको छ । पुरुषतर्फ १४ र महिलातर्फ ६ समूहले भाग लिएका थिए ।

असोज १२ गते बेनीमा उद्घाटन भएको प्रतियोगिताको फाइनल खेल पर्यटकीय स्थल घोडेपानीमा सञ्चालन भएको थियो । पुरुषतर्फ बिजेता र उपबिजेतालाई ट्रफि, मेडल, प्रमाणपत्र सहित नगद ८० हजार र ५० हजार रुपैयाँ पुरस्कार दिइएको संयोजक तेजेन्द्र बानियाले बताउनुभयो ।

महिलामा बिजेता र उपबिजेतालाई ५० हजार र तीस हजार पुरस्कार प्राप्त गरेका छन् । मोनाका संस्थापक प्रकाश पुन, नवनिर्वाचित अध्यक्ष ओमनारायण जुग्जाली, निवर्तमान अध्यक्ष चक्र थापालगायतले पुरस्कार वितरण गरेका थिए।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *