कालीगण्डकी नदीमा र्‍याफ्टिङ शुरु

आदर्श अनलाइन/पर्वत
पर्वतको नयाँ क्षेत्रबाट कालीगण्डकी नदीमा जलयात्रा (र्‍याफ्टिङ) शुरु गरिएको छ ।

निरन्तरको वर्षाका कारण झण्डै एक महीना ढिलो गरी कुश्मा नगरपालिका–१ पाङ स्थित नयाँपुल तथा मालढुङ्गादेखि जलयात्रा सञ्चालन गरिएको पर्यटन व्यवसायी बताउँछन् ।

नदीमा पानीको सतह घटेपछि गत जेठ अन्तिम सातादेखि बन्द भएको जलयात्रा कालीगण्डकीमा सेप्टेम्बरको पहिलो सातादेखि नोभेम्बरको मध्यसम्म सञ्चालन हुने भए पनि यसपटक यसै सातादेखि शुरु भएको हो । अब पर्यटन सिजन समेत शुरु भएकाले जलयात्रा शुरु गरिएको स्विसा ¥याफ्टिङ एन्ड ट्रेकिङ एक्सपिडेशनका प्रबन्ध निर्देशक देव रेग्मीले बताउनुभयोय ।

एक याममा कम्तीमा पनि दुईदेखि तीन हजार पर्यटकले जलयात्रा गर्दै आएका छन् । यो याममा वर्षा, बाढी, पहिरो नरोकिएका कारण सेप्टेम्बरको शुरुमै बुक गरेका धेरै पर्यटकले ¥याफ्टिङ रद्द गरेका थिए । कालीगण्डकीमा १० भन्दा धेरै कम्पनीले र्‍याफ्टिङ सञ्चालन गर्दै आएका छन् ।

नयाँपुल तथा मालढुङ्गादेखि शुरु भएको जलयात्रा स्याङ्जा, पर्वत र गुल्मीको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको जलाशयमा पुगेर टुङ्गिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रुपमा रहेको छ । कालीगण्डकीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरहरुको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन् भने अस्ट्रेलिया, युरोपियन मुलुक र अमेरिकी पर्यटकको रोजाइमा पनि कालीगण्डकी नदी पर्दै आएको छ । नयाँपुल–मोदीवेणी खण्डमा पहिलो दिनको यात्रा बनाएर जाने साथै दोस्रो दिनमा पर्वतकै विहादी गाउँपालिका बर्राचौरको पूर्तिघाट नजीक बस्ने र तेस्रो दिनमा मिर्मी हुँदै पोखरा जानेगरी पर्यटक यात्रा तय गर्ने गरेका छन् ।

यात्राका क्रममा बस्ने ठाउँमा भौतिक संरचनाको विकास गर्न र नगरपालिकाको आर्मादी नजीकै खोलाको बीचमा रहेका ठूला ढुङ्गा नहटाउँदा समस्या आउने गरेको पर्यटक गाइड नवीन केसीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *