आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा तथा राहत रकम हस्तान्तरण

राम बहादुर जिसी, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलङले शेयर सदस्य युक्तजंग राजभण्डारीको आमाको निधन प्रति दुख व्यक्त गर्दै शनिबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

राहात रकम र समवेदना पत्र हस्तान्तरण गर्दै संस्थाका सञ्चालक शान्ति श्रेष्ठ र सेयर सदस्यद्वय सुरेशप्रसाद श्रेष्ठ र इश्वर मलेपती ।

बागलुङ नगरपालिका वडा नं. ३ निवासी राजभण्डारीकी आमा रत्नदेवी श्रेष्ठको असोज १० गते ८० वर्षको उमेरमा निधन भएको थियो । निधन भएको नवौं दिनको पुण्य तिथि पारेर आदर्र्श सञ्चार सहकारीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि हस्तान्तरण गरेको छ ।

संस्थाका सञ्चालक शान्ति श्रेष्ठ, सेयर सदस्यहरु सुरेश प्रसाद श्रेष्ठ र इश्वर मलेपतीले संस्थाको नियम अनुसार सेयर सदस्यका परिवारका सदस्यको निधनमा प्रदान गरिने ५ हजार रुपैया परिवारका सदस्यलाई हस्तान्तरण गर्नु भएको थियो । साविक धौलागिरि अञ्चलकै पहिलो सञ्चार सहकारीको रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोष स्थापना गरी शेयर सदस्यको परिवारका सदस्यको निधनमा ५ हजार र सेयर सदस्यको निधन भएमा १५ हजार रुपैया मृत्यु राहत स्वरुप हस्तान्तरण गर्दै आएको छ ।

सूचना र सञ्चार अन्तर्गत धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिका प्रकाशन गर्दै आइरहेको संस्थाले हालै आदर्श सञ्चार अनलाईन समेत सञ्चालनमा ल्याएको छ । संस्थाले वित्तीय, सञ्चार र सहकारी सम्बन्धी विभिन्न कार्यक्रमका साथै जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

कार्यक्षेत्र विस्तार गरी गण्डकी प्रदेश स्तरीय सहकारी संस्थाका रुपमा विकास गर्न लागिएको संस्थाले यसै आर्थिक वर्षदेखि गण्डकी प्रदेशको राजधानी पोखराबाट अनलाइन सञ्चालन र वित्तीय कारोबार गर्ने तयारी गरेको संस्थाका सह–सम्पादक सिर्जना पन्तले बताउँनुभयो । संस्थाले सदस्यहरुको राहतका लागि सञ्चालन गरेको सदस्य राहत कोषसंगै आदर्श दैवी प्रकोप तथा सामाजिक उद्धार राहतकोष सञ्चालन गरेको छ ।

शेयर सदस्यहरुसंग वार्षिक १ सय ५० रुपैया संकलन गरी २०८५ सालसम्ममा १ करोड रुपैया पु¥याउने लक्ष्यका साथ सञ्चालन गरेको कोषको रकमको ब्याजबाट ७५ प्रतिशत शेयर सदस्य र तिनका परिवार तथा २५ प्रतिशत समुदायका अन्य व्यक्तिहरुको हितमा लगाइने संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी. (अञ्जु)ले जानकारी दिनुभयो ।

१ हजार ५ सय जना शेयर सदस्य, ३ करोड २५ लाख शेयर रकम, १७ करोड वचत र १८ करोड ५० लाख कर्जा लगानी रहेको संस्थाको वासलात २१ करोडको रहेको संस्थाका कोषाध्यक्ष पूर्णबहादुर कार्कीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *