बिहुमा नेकपाको जनबर्गिय संगठन बिस्तार

कोपिला कंडेल/बागलुङ
नजिकीदै गएको बिजया दशमी दिपावली लगायतका चाडपर्र्वको अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा काठेखोला गाउंपालिका ६ बिहुले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै संघिय सांसद मनकुमारी केसीले दशै पर्वलाई खर्र्चिलो र तडक भडक नभई मेलमिलापको पर्वको रुपमा मनाउनुपर्ने बताउनु भयो । उहाँले दशै पर्व संगै मुलुकमा बिकास र परिवर्तनको वातावरण सृजना होस भन्दै शुभकामना ब्यक्त गर्नुभएको थियो ।

सो अवसरमा शुभकामना ब्यक्त गर्दै काठेखोला गाउंपालिकाका अध्यक्ष अमर बहादुर थापाले चााड पर्वमा जस्तै गाउंपालिकाको बिकास र सम्मृद्धिका लागि पनि सबै एक हुनुपर्नेममा जोड दिनुभयो । उहाँले दशैलाई दशाको रुपमा नभैै पर्वको रुपमा मनाउनुपर्र्नेमा जोड दिनुभयो । कार्यक्रममा काठेखोला गाउंपालिका वडा नम्वर ८ का अध्यक्ष चित्रकला छन्त्याल, वडा नम्वर ६ का अध्यक्ष युक्त प्रसाद कंंडेल, नेपाल कम्युनिष्ट पार्टी नेकपा काठेखोला गाउंपलिकाका अध्यक्ष दिल बहादुर कार्र्की, नेकपा जिल्ला कमिटीका पुर्व सदस्य एबंं गाउंपालिकाका सल्लाहकार शिवलाल कंडेल, हरीलाल कंडेल लगाायतले शुभकामना मन्तब्य ब्यक्त गनुभएको थियो ।

कार्यक्रम काठेखोला गाउंपालिका वडा नम्वर ६ का अध्यक्ष थानेश्वर कंडेलको अध्यक्षता उपाध्यक्ष मुक्तिराम सापकोटाको स्वागत मन्तब्य र सचिव चिन्तामणी बिकको संंचालनमा सम्पन्न भएको थियो । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा काठखोला गाउंपालिका वडा नम्वर ६ स्तरिय बिभिन्न जनवर्गिय संगठनको बिस्तार समेत गरिएको छ । जस अन्र्तगत बुद्धिकला बिकको अध्यक्षतामा उपाध्यक्ष रुद्र बहादुर बिक, सचिव प्रकाश बोहोरा र कोषाध्क्ष देबेन्द्र बोहोरा रहेको २१ सदस्सीय दलित मुक्तिमोर्चा गठन गरिएको वडा अध्यक्ष युक्त प्र्रसाद कंडेलले जानकारी दिनुभयो ।

त्यसैगरी गंगा बिक अध्यक्ष र सचिव सुजन कंडेल रहेको ३१ सदस्यीय युवा सघंं र अध्यक्षमा देबी कंडेल उपाध्क्ष बिजुली कुवर सचिव सुस्मीता सापकोटा कंडेल सहसचिव मायां बोहोरा र कोषाध्यक्ष शोभा कंडेल रहेको ३३ सदस्यीय अनेम सघं गठन गरेको बताईएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *