प्रवासीद्धारा भ्यू टावरमा गलकोट प्रवेशद्धार निर्माण

आदर्श अनलाइन/गलकोट
बागलुङ जिल्लाको गलकोट प्रवेश गर्ने स्थल घोडाबाधेमा निर्माण गरिएको आकर्षक प्रवेशद्धारको शनिवार उद्घाटन गरिएको छ ।

गलकोट समाज जापानको आर्थिक सहयोग र गलकोट समाज गलकोटको व्यवस्थापनमा निर्माण गरिएको गलकोट प्रवेशद्धारको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले उद्घाटन गर्नुभयो ।

उद्घाटन पछि बोल्दै नगर प्रमुख गैरेले गलकोट प्रवेशको जानकारी सहित फरक अनुभुति गराउन प्रवेशद्धारले सहयोग गर्ने बताउनुभयो । प्रवासमा रहेका गलकोटबासीले गलकोटका क्षेत्रमा लगानी गरे लगानीको सुनिश्चितता गर्न नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा गलकोट समाज जापानका अध्यक्ष दिलु खत्रीले गलकोटको समृद्धि र बिकासक लागी गलकोटबासी बीच एकता आवश्यक रहेको बताउनुभयो । स्थानीय श्रोत र साधनका साथै प्रवासी पुगेका गलकोटेहरुको सहकार्यबाट गलकोटलाई समुन्नत बनाउनु सकिने उहाँको भनाई थियो ।

ताराखोला गाँउपालिका अध्यक्ष प्रकाश घर्तिले गलकोट क्षेत्रमा गलकोटको पहिचान सहितको गलकोट प्रबेशद्धार निर्माणले प्रवासि गलकोटेहरुले गलकोटमा पुर्बाधार बिकासको सुरुवात गरेको बताउनुभयो ।

काठेखोला गाँउपालिकाका अध्यक्ष अमर थापाले गलकोट प्रवेशद्धारको संरक्षण गर्ने दायित्व गलकोट नगरपालिका संगैं काठेखोला गाँउपालिकाको पनि रहेको भन्दै आगामी दिनमा गलकोट समाजसंग गाउँपालिकाले सहकार्य गरेर अगाडी बढ्न इच्छुक रहेको बताउनुभयो ।

गलकोट नगरपालिका वडा नम्वर १ र काठेखोला गाउपालिका वडा नम्वर ५ को भ्यू टावरमा निर्माण गरिएको गलकोट प्रवेशद्धार २२ लाखको लागतमा निर्माण गरिएको गलकोट समाज जापानका निवर्तमान अध्यक्ष नरबहादुर थापाले आदर्श अनलाइनलाई जानकारी दिनुभयो ।

कार्यक्रम गलकोट समाज गलकोटका अध्यक्ष हर्कबहादुर पाण्डको अध्यक्षता, सचिब देबेन्द्रबहादुर खत्रीको स्वागत मन्तव्य र सहसचिव पुर्ण चोखालको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *