लेखानी समाज जापानद्धारा बाल बिकास केन्द्रलाई सहयोग

कोेपीला कंडेल
बागलुङ्गको काठेखोला गाउँपालिका वडा नम्वर ८ लेखानीको पाँच बाल विकास केन्द्रलाई लेखानी समाज जापानले आर्थिक सहयोग प्रदान गरेको छ ।

लेखानीको साविकका बिभिन्न वडामा रहेका पाँच वटा बालबिकास केन्द्रलाई १० हजारका दरले आर्थिक सहयोग गरेको लेखानी माबिका बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष सुर्य कंडेलले जानकारी दिनुभयो ।

समाजका अध्यक्ष हरिप्रसाद कंडेलले उक्त सहयोग बालबिकास केन्द्रलाई हस्तान्तरण गर्नुभएको थियो । आजका बालबालिका भोलीको देशको आधार स्तम्भ भएकाले बाल विकास केन्द्र सञ्चालनका सहजताका लागि सहयोग गरिएको अध्यक्ष कंडेलले बताउनुभयो ।

कार्यक्रममा बरिष्ठ अधिबत्ता कृष्णप्रसाद शर्मा निउरेले लेखानी समाज जापानले बाल विकासका क्षेत्रमा गरेको सहयोग अनुकरणीय भएको बताउनुभयो । कार्यक्रम वडा अध्यक्ष चित्रकला छ्न्त्याल श्रीसको अध्यक्षतामा र लेखानी माबिका अध्यक्ष सुर्यप्रसाद कंडेलको सन्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *