झिर्कामा सांसद बुढाको उद्घोष : समृद्विकै बाटोमा सरकार

थम्मन थापा बागलुङ
ण्डकी प्रदेशका सांसद चन्द्र बुढा सागरले गण्डकी प्रदेश समृद्विको यात्रामा अघि बढेको बताउनुभएको छ ।

झिर्का युवा कल्व गलकोट नगरपालिका ७ मल्मको १७ औं वार्षिकोत्सव तथा बडा दशैं मेलाको समापन समारोहमा बोल्दै प्रमुख अतिथि सांसद बुढाले सरकार अपेक्षाकृत गतिको अवस्थामा नभए पनि सही बाटोमै हिडिरहेको दावी गर्नुभयो ।

गण्डकी प्रदेशमा कृषि पर्यटन जस्ता क्षेत्रमा सम्भावना राम्रो रहेकोले सम्पुर्ण युवा पंक्ति समृद्व गण्डकी प्रदेश निर्माणमा जुट्नु पर्ने सांसद बुढाको भनाई थियो । विकट गाउॅ झिर्कामा सदियौं देखि खानेपानीको समस्या रहेकोमा गण्डकी प्रदेश सरकारले अहिले अधेरी खोला झिर्का खानेपानी योजना सञ्चालन गरि काम गरिरहेको समेत जानकारी गराउनु भयो । उहाँले बडा दशैं तिहार र छठ पर्वले सबै नेपालीमा सामाजिक एकता सद्भाव सहित देशको समृद्विमा लाग्ने थप प्रेरणा र उर्जा प्राप्त हुने बिश्वास व्यक्त गर्नुभयो ।

युवा जमात स्वच्छ समाज विकास अनुशासन गतिशिलता खेलकुद कला र संस्कृति स्थानिय पहिचान भन्ने मुल नाराका साथ सञ्चालित बडा दशैं मेलामा पुरुष भलिबलमा पञ्चधारा युवा कल्व पाण्डवखानी ज्याथर प्रथम र न्यू नवज्योति युवा कल्व मल्म द्वितिय भएका छन् । यस्तै सामुहिक नृत्य प्रतियोगितामा रोयल डान्स क्लब हटिया प्रथम, न्यू लाईफ सेकेण्डरी स्कुल गलकोट द्वितिय र जनहित माध्यमिक विद्यालय मल्म तृतिय भएका छन् । कार्यक्रममा गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, धौलागिरी बहुमुखी क्याम्पस बागलुङका प्रध्यापक दल थापा, गलकोट समाज जापानका संरक्षक बेलुकाजी थापा, गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज बहादुर थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

मेलामा बहुचर्चित लोक तथा दोहोरी गायक विष्णु खत्री, ईश्वर सिंह, सुरज थापाले आफना सांगितिक प्रस्तुति मार्फत दर्शकहरुलाई छमछमी नचाएका थिए । सो अवसरमा कलाकार, पत्रकार, समाजसेवी, प्रायोजक, सहयोगदाताहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रम झिर्का युवा कल्व गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षता, सदस्य गीता घर्तीको स्वागत मन्तव्य र सचिव मिना दर्जीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *