घुम्टे युवा परिवारद्धारा शुभकामना आदान-प्रदान

आदर्श अनलाइन/गलकोट

बागलुङ जिल्लाको गलकोट नगरपालिका ७ मा क्रियाशिल घुम्टे युवा परिवारले शुभकामना आदान प्रदान गरेको छ ।

वडादशैं, तिहार, छठ तथा नेपाल सम्वतका अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा समाजमा बिद्यमान सामाजिक बिकृति, बिसंगति अन्त्य गर्न सामाजिक संघ संस्थाको भुमिकालाई अझ बढी गतिशिल बनाउनु पर्नेमा जोड दिइएको थियो ।

पछिल्लो समय गुनासो गर्ने तर आँफ्नो दायित्व निर्वाह नगर्ने परिपाटी विकास भएको तर्फ चिन्ता व्यक्त गर्दै सहभागीले समाजका हरेक सदस्यले व्यक्तिगत सँगै सामाजिक जिम्मेवारीमा पनि ध्यान दिनुपर्ने आवश्यकता औल्याएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका सदस्य दल बहादुर थापा, गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिकाबहादुर थापा, संस्थाका संस्थापक कोषाध्यक्ष बेलुकाजी थापा, संस्थापक सचिव राजबहादुर थापा, संस्थाका पुर्व उपाध्यक्ष डाक्टर दिनबहादुर थापा, धौलागिरी बहुमुखी क्याम्पसका प्रध्यापक दल थापा, राष्ट्रिय समाचार समिति धौलागिरी संयोजक राम थापा अविरल, लोक तथा दोहोरी गायक ईश्वर सिंह लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

२०४१ सालमा स्थापना भएको घुम्टे युवा परिवारले स्थानिय स्तरमा विभिन्न सामाजिक कार्य गर्दै आएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापाले बताउनुभयो । शुभकामना आदान प्रदान कार्यक्रमको सञ्चालन सचिव सावित्री थापाले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *