पारसले छाडे राष्ट्रिय क्रिकेट टोलीको कप्तानी

आदर्श अनलाइन, काठमाण्डौं
नेपाली चर्चित क्रिकेटर पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान छाडेका छन्।

मंगलबार नेपाली क्रिकेट टिमका मिडिया व्यवस्थापक सुरज शाक्यले पारसको जारी गरेको विज्ञप्ति पठाउँदै सो कुराको पुष्टि गरेका हुन्।

पारसले विज्ञप्तिमा उल्लेख गरेका छन्,ुनेपाली क्रिकेटमाथि लागेको निलम्बर फुकुवा भएको थाहा पाउँदा निकै खुशी र नयाँ समितिले नेपाली क्रिकेट, खेलाडी तथा सरोकारवालाहरुको राम्रा लागि गरोस भन्ने कामना गर्दछु। मैले अहिलेदेखि नै लागू हुने गरी नेपाली क्रिकेट टोलीको कप्तानबाट राजिनामा दिने निर्णय गरेको छु। नयाँ शुरुवातका नयाँ तरिकाबाट हो र टोलीलाई अघि बढाउने गरी सबैको सहभागिता रहोस भन्ने चाहान्छु। यो अविश्वनीय यात्राको क्रममा मलाई सहयोग गर्ने सबै खेलाडी, कोच, अम्पायर, साथीहरु, ग्राउन्ड म्यान तथा मेरा परिवारलागि धन्यवाद व्यक्त गर्छु। जय नेपाल।ु

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *