जातिय समता समाज बागलुङको प्रशिक्षण भेला, अध्यक्षमा सुनार

आदर्श अनलाइन, बागलुङ

जातिय समता समाज जिल्ला समिति बागलुङको दुई दिने प्रशिक्षण भेला शुक्रबार बागलुङ बजारमा सम्पन्न भएको छ ।

भेलाले नरबहादुर सुनारको अध्यक्षतामा ९ पुर्ण र २ बैकल्पिक गरि ११ सदस्यीय जिल्ला समिति समेत चयन गरेको छ । जसको उपाध्यक्ष पन बहादुर बिक, सचिव टीका संगम बिक, सहसचिव नर बहादुर बिक, कोषाध्यक्ष रामकुमार बिक, सदस्यहरुमा भिम बिक, गोविन्द्रलाल बिक, रनबहादुर बिक, बिष्णुकली दर्जी बैकल्पिक २ स्थान रिक्त र सल्लाहकारमा दिलबहादुर दर्जी, खडक बिक र पवित्रा सुनार रहनु भएको छ ।

दुई दिन सम्म चलेको कार्यक्रममा प्रमुख अतिथि जातिय समता समाज पुर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकारका राजेश बिश्वकर्मा, राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गाना, राष्ट्रिय जनमोर्चाका परिषद सदस्य तथा जिल्ला सल्लाहकार गौरीश्वर पाण्डे, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सल्लाहकार नरबहादुर पुन लगायतका प्रशिक्षकहरुले समसामयिक राजनिति, दलित आन्दोलनका कार्यदिशा, माक्सवादी दर्शन, संगठन निर्माण र परिचालन लगायतका विभिन्न विषयमा प्रशिक्षण दिनु भएको थियो ।

भेलाले कार्तिक र मंसिर महिना भरी पालिका स्तरीय प्रशिक्षण भेला गर्ने, पुस महिना भरि वडा स्तरीय प्रशिक्षण भेला साथै सदस्यता वितरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । समापन कार्यक्रममा प्रमुख अतिथि जातिय समता समाज पुर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकारका राजेश बिश्वकर्मा, जातीय समता समाज गण्डकी प्रदेश संयोजक रनबहादुर रिजालले बधाई तथा नव निर्वाचित अध्यक्ष नरबहादुर सुनारले प्रतिबद्धता मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम दिलबहादुर दर्जीको अध्यक्षता, टीकासंगम बिकको सञ्चालनमा सम्पन्न भएको थियोे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *