आदर्श अनलाइन
जनप्रिय गायक जिवन शर्माको परिवारमा देखिएको संकटमा सहयोग गर्ने अभिप्रायले जापानमा स्वतस्फुर्त सञ्चालन गरिएको सहयोग अभियानबाट २ लाख भन्दा बढी सहयोग संकलन भएको छ ।
शर्माको परिवारमा परेको दुःखलाई थोरै भए पनि मलम पट्टि लगाउनका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाले अभियान सञ्चालन गरेको हो ।
छोटो समयको अभियान मार्फत जापानबासी नेपालीबाट जापानिज यन दुई लाख बत्तिस हजार पाँच सय बाईस, नेपाली रुपैयाँ दुई लाख चालिस हजार नौ सय सोह्र जम्मा गरी नेपाल पठाइएको जापान शाखा अध्यक्ष सुर्य खड्काले आदर्श अनलाइनलाई जानकारी दिनुभयो । शाखाले अभियानमा सरिक हुने सबै सहयोगी महानुभावलाई धन्यवाद ज्ञापन गरेको छ । साथै जनवादी गायक जीवन शर्माका छोरा अमृत आचार्यको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।