तीजमा ‘बीच्च बीच्चमा’बाट चर्चित दुर्गेश तिहारे गीतले बिवादमा

आदर्श अनलाइन, काठमाण्डौं
पछिल्लो समय युवाहरु माझ लोकप्रिय बन्नुभएका गायक दुर्गेश थापा विवादमा तानिनु भएको छ ।

थापाको पछिल्लो तिहारको छेको पारेर ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीतका विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ ।

उजुरीको आधारमा प्रशासन कार्यालयले यस विषयमा बुझ्न महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार समेत गरेको छ । प्रशासनको आग्रहमा थापालाई छलफलका लागि बोलाएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिनुभएको छ ।

दुर्गेशले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग भएका छन् । उक्त गीत हटाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा उजुरी परेको छ । केही अगाडि सार्वजनिक गीतले छिट्टै लोकप्रियता हासिल गरेपछि यसका केही शब्दहरुलाई लिएर आलोचनात्मक प्रतिक्रिया आइरहेको छ ।

तीजको समय ‘बीच्च बीच्चमा’ बोलको गीत निकालेर चर्चामा आएका दुर्गेशको यो गीतबाट प्रदर्शनरत फिल्म ‘छ माया छपक्कै’ प्रमोशन गीत नै बनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *