आदर्श अनलाइन, ताराखोला
जिल्लाको ताराखोला गाउँपालिकाको आयोजनामा तीन दिने उद्घोषण तथा लेखनकला ‘पेन्टिङ’ सम्बन्धि तालिम मंगलबार सम्पन्न भएको छ ।
तालिममा ताराखोला गाउँपालिकाका सात बिद्यालयका उद्घोषण कला तर्फ ४३ जना र लेखनकला तर्फ ३४ जना बिद्यार्थीको सहभागिता रहेको थियो ।
बिद्यार्थीमा रहेको अन्र्तनिहित प्रतिभाको पहिचान गरि क्षमता विकासमा सहयोग पु¥याउने उद्धेश्यले तालिमको आयोजना गरिएको ताराखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख उमानाथ अधिकारीले जानकारी दिनुभयो ।
तालिम समापनका अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले बोल्ने कला सबै कलाहरुको यथोचित विकास र विस्तारका लागि अपरिहार्य भएको बताउनुभयो ।
ताराखोला गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भद्र घर्ति मगरले बिद्यार्थीलाई पढाई अतिरिक्त अरु प्रतिभा क्षमताको पहिचान र विकासका लागि शिक्षा क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेर कार्यक्रम बजेट बिनियोजन गरिएको बताउनुभयो । कार्यक्रममा सहभागीका तर्फबाट अर्गल माविका दिक्षा घर्ति र नेपाल माविका रोशन परियारले तालिमको सिकाई उपलब्धिका बारेमा बोल्नुभएको थियो ।
तीन दिन सम्म सञ्चालित तालिमको पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष र रन्तल आर्टका मछिन्द्र शाक्यले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम वडा अध्यक्ष भद्र घर्तिको अध्यक्षता र अर्गल माविका प्रधानाध्यापक गणेश घर्तिको सञ्चालनमा सम्पन्न भएको थियो ।