बागलुङ आए चर्चित चलचित्रकर्मी: कसले के भने ? (फोटो सहित)

सुवास गौतम, बागलुङ

बागलुङमा अत्याधुनिक चलचित्र हल तयार गरिएको छ ।

सुविधा सम्पन्न मल्टिपेक्स हलको उद्घाटन गर्दै बरिष्ठ अभिनेता निर शाह

बिएसआर गु्रपको लगानीमा तयार भएको सुविधा सम्पन्न हलको बुधबार सिने जगतका वरिष्ठ कलाकार निर शाह, गौरि मल्ल र दिपाश्री निरौलाले संयुक्त रुपमा शुभारम्भ गर्नुभयो । उनीहरुले हलको उद्घाटन मात्र गरेनन् निर्माण भएका नेपाली चलचित्रहरु दर्शकको रोजाईमा नपरेको गुनासो समेत गरे ।

नयाँ मल्टिपेक्स हलको उद्घाटन पछि फिल्म हेर्र्र्दै निर शाह, गौरी मल्ल, दिपा श्री लगायत .

चर्चित अभिनेता निर शाहले राणाकालमा कुल जनसंख्याको दुई प्रतिशतले चलचित्र हेर्ने गरेको उल्ल्ेख गर्दै अहिले पनि जनसंख्याको दुई प्रतिशतले मात्र सिनेमा हेर्न गरेको बताउनुभयो । बजारका लागि चलचित्र निर्माण गरे पनि बजारमा नबिक्ने बनाएकाले यस्तो अवस्था बिद्यमान देखिएको उहाँको कथन छ । धौलागिरीमै पहिलो अत्याधुनिक सुविधा सम्पन्न सिनेमा हल सहितको मल्टिप्लेक्स सिनेमा उद्योगमा व्यापक समिक्षा गर्ने समय आएको भन्दै पछिल्लो समय दिपकराज गिरी र दिपा श्री निरौलाको टिमले बनाएको सिनेमाले सकरात्मक सन्देश दिन थालेको बताउनुभयो ।

चर्चित अभिनेत्री गौरी मल्लले तीन दशक सिनेमा क्षेत्रमा बिताउदा समेत आफ्नो परिचय दिदै हिड्नुपर्ने अवस्था लज्जास्पद भएको गुनासो गर्नुभयो ।

चलचित्र निर्माता तथा निर्देशक दिपाश्री निरौलाले अहिले सिनेमा क्षेत्रको बजार उकासिन लागेको बताउनुभयो । उहाँले दर्शकको रोजाई अनुसारको सिनेमा उत्पादन गरे बजारमा बिक्ने बताउनुभयो ।

झण्डै ८ करोड लागतमा निर्माण गरिएको ‘बिएसआर मुभिज’ काठमाण्ठौ स्थित बिजी मलमा रहेको सिनेमा हलको दोस्रो शाखा रहेको जनाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *