गायक एक पछि अर्को पक्राउ: भिटेनलाई चुरोटले पु¥यायो प्रहरीमा

सांसदहरु एक पछि अर्को क्रमवद्ध पक्राउ परेको घटना पछि प्रहरीले पछिल्लो समय कलाकारलाई पनि पक्राउ गर्न थालेको छ ।

तिहारे गीतमा गाँजा, बियर लगायतका बिषयलाई लिएर गायक तथा मोडेल दुर्गेश थापालाई पक्राउ गरेर गीत संशोधन गर्न निर्देश गरेको भोली पल्ट नेपाली र्‍यापर तथा गायक समिर घिसिङ ‘भिटेन’लाई पक्राउ गरेको छ ।

बिहीबार भिटेनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जावलाखेलबाट पक्राउ गरेको हो। अश्लिल गीतहरू गाएको आरोपमा भिटेनलाई पक्राउ गरिएको एसएसपी सहकुल थापाले बताउनुभयो।

रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएको थिए। नेपाली र्‍यापर गिरीश खतिवडाले आफ्नो ब्लगमा उनलाई ल्याएपछि भिटेन थप चर्चित हुनुभएको थियो।

यसअघि मंगलबार पनि गायक दुर्गेश थापालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। रिलिज गरेको पछिल्लो ुह्यापी तिहारु नामक गीतले लागुऔषध प्रयोगलाई प्रवर्द्धन गरेको देउसी भैलोको गीतलाई बङ्ग्याएको उजुरीपछि उहाँ पक्राउ पर्नुभएको थियो । त्यस लगत्तै सो गीत आफ्नो आधिकारिक युट्युब च्यानलबाट हटाउनुभएको थियो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *