आदर्श अनलाइन, काठमाण्डौं
लोक गायनको चर्चित रियालिटी शो ‘नेपाल लोक स्टार’ को आज शुक्रबार फाइनल हुँदैछ ।
भृकुटीमण्डपमा हुन लागेको ग्राण्ड फिनालेबाट नेपालले नेपालकै पहिलो उत्कृष्ट मौलिक आवाज पाउनेछ ।
फाइनका लागि अन्तिममा चार जना कलाकार छन् । रामकुमार नेपाली ९रामेछाप०, शनि विश्वकर्मा ९रोल्पा०, चेतन गोतामे ९स्याङ्जा० र बिनोद दनुवार ९उदयपुर० पुग्न सफल भएका छन् ।
‘नेपाल लोक स्टार’का अनुसार गएको शनिबार दिउँसो १२ बजेबाट शुक्रबार दिउँसो १२ बजेसम्म स्रोता तथा दर्शकले गरेको भोटको आधारमा विजेता घोषित हुनेछन् ।
नेपाल लोक स्टारमा निर्णायकको रुपमा वरिष्ठ कलाकार तथा गायक जयनन्द लामा, वरिष्ठ संगीतकार बीबी अनुरागी, गायक रामजी खाँड, सुनिता दुलाल रहेका छन् । अडिसनदेखि विभिन्न राउण्डहरु पार गर्दै नेपाल लोक स्टार को ग्राण्ड फिनालेमा ४ प्रतिस्पर्धी पुग्न सफल भएका हुन् ।
नेपाल लोक स्टारको विजेताले ५० लाख, दोस्रोले २५ लाख, तेस्रोले १० लाख र चौथो अर्थात् सान्त्वना हुनेले ५ लाख प्राप्त गर्नेछन् ।