म्याग्दीका सामुदायिक बनमा व्यवसायिक चिया खेती

आदर्श अनलाइन, म्याग्दी

जिल्लाको बेनी नगरपालिका–२ गौश्वाराको सिद्धभूमे हरियाली सामुदायिक ९उद्यान० वनमा व्यवसायिक रुपमा चिया खेती थालिएको छ ।

परिक्षण स्वरुप लगाएको चिया खेती सफल भएपछि सामुदायिक बनका उपभोक्ता उत्साहित छन् । सामुदायिक वनको १० रोपनी क्षेत्रफल जमीन मध्ये चार रोपनी क्षेत्रफलमा परीक्षणको रुपमा गरिएको चियाखेती सफल भएको सिद्धभूमे हरियाली सामुदायिक वन उपभोक्ता समितिका सदस्य रामबहादुर गुरुङले आदर्श अनलाइनलाई बताउनुभयो ।

समुद्री सतहदेखि करीब २ हजार २ सय मिटरको उचाइमा रहेको गौश्वारामा सात वर्षअघि गोल्डेन जातको चियाका पाँच हजार बिरुवा परीक्षणको रुपमा लगाइएका थिए । तिनै बिरुवा हुर्केर अहिले सो क्षेत्रमा चियाको वन जस्ता देखिन थालेका छन् ।

“हामीले परीक्षणको रुपमा लगाएका बिरुवाले यस वर्षदेखि उत्पादन दिन सफल भएका छन्”, गुरुङले भन्नुभयो, “चिया खेती निकै राम्रो भएको छ । आगामी दिनमा चियाका बिरुवाहरु थप्ने योजनामा छौँ ।” गौश्वारा गाउँ शितोष्ण हावापानी भएको र पूर्वतर्फ फर्किएको जौविक विविधताले सम्पन्न नमूना गाउँ हो ।

गौश्वाराको वन क्षेत्रमा साल, सिर्मु, सल्लोलगायतका काठ तथा विभिन्न किसिमका जडिबुटीहरु, एवं जङ्गली जनावर र पक्षी देख्न सकिने स्थानीय परमेश्वर मल्लले बताउनुभयो । “चिया खेतीलाई प्रबर्द्धन गरी व्यावसायिक खेती शुरु गर्ने हो भने राम्रो आम्दानी गर्न सकिन्छ, उहाँले भन्नुभयो।’’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *