हिमाल आरोहणमा म्याग्दीका पुर्जाको बिश्व् किर्तिमान

आदर्श अनलाइन, म्याग्दी

म्याग्दीका निर्मल पुर्जाले चीनको तिब्वतमा अवस्थित सिसापङ्मा हिमाल आरोहण गर्नुभएको छ।

यो चुचुरोमा पुगेसँगै पुर्जा सात महिनामा विश्वका सबै आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने पहिलो पर्वतारोही हुन सफल हुनु भएको हो ।

पुर्जाले यसै साता विश्वकै चौथो अग्लो सिसापङ् ९८,०२७ मि० हिमाल आरोहण गर्नुभएको हो । चिनियाँ सरकारले सन् २०१९ सम्मलाई सिसापाङ्मा हिमाल आरोहण रोके पनि विश्व रेकर्डका लागि गरिएको अनुरोधलाई स्वीकार गर्दै विशेष अनुमति दिएको थियो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिनु भएका पुर्जाले गत वैशाख १० गते अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट आरोहण शुरू गर्नुभएको थियो । त्यसलगत्तै म्याग्दीमै रहेको सातौँ अग्लो धवलागिरि हिमालको ९८,१६७ मि० आरोहण गरेपछि थप हिमाल आरोहणमा निस्कनुभएको स्थानीय रेमन पुर्जाले जानकारी दिनुभयो ।

पुर्जाले धवलागिरि हिमालमा बिना अक्सिजन आरोहण गर्नुभएको जनाइएको छ । उनले विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजङ्गा, ल्होत्से, मकालु, च्होयो, मनास्लु, ना¬ङ्गा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रोको आरोहण गर्नुभएको थियो ।

आरोहण गरेका १४ अग्ला हिमालमध्ये आठ भने नेपालमै पर्दछन् । त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछन् । हालसम्म विश्वमा कुनै पनि आरोहीले छोटो समयमा दुई दर्जन हिमालको आरोहण गरेको विश्वमा नै रेकर्ड नभएको बताइएको छ ।

मासिक १४ लाखसम्म नेपाली तलब हुने जागिर छोडेर आरोहणमा होमिएका म्याग्दी अन्नपूर्ण गाउँपालिका–४ दानाका पुर्जाको प्रोजेक्ट पोसिबल’ परियोजना नाम दिइएको थियो । आरोहणको क्रममा विभिन्न हिमालमा अलपत्र परेका आरोहीलाई उद्धार गरेर संसारभरि चर्चा कमाउन सफल हुनुहुन्छ ।

आरोहणमा पुर्जालाई मिग्मा डेभिड शेर्पा, लाक्पा शेर्पा, तेन्जिङ शेर्पालगायत शेर्पाको टोलीले सघाइरहेको छ । ३५ वर्षीय निर्मल ‘स्पेशल फोर्स’मा छानिने पहिलो गोर्खाली समेत हुन् । मार्च २०१९ मा ब्रिटिस आर्मीको जागिर छाडेर हिमाल आरोहण अभियान थालेका पुर्जाले आफ्नै जन्म जिल्लामा रहेको आठ हजार मिटर अग्लो धवलागिरि र अन्नपूर्ण आरोहण गर्ने पहिलो म्याग्देलीको उपाधिसमेत जित्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *