गलकोटमा बगाले थापाको शुभकामना आदान-प्रदान,इप्रका थापा सम्मानित

थम्मन थापा, बागलुङ
सातसय बगाले थापा समाज गलकोट नगरपालिका ७ मल्म बागलुङको आयोजनामा आज शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

नेपालीहरुको महान चाड बडा दशैं, शुभ दीपावली, छठ र नेपाल संवतको अवसरमा आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय गलकोटका प्रमुख एवं प्रहरी निरीक्षक केशव सिंह थापा, गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष तथा सातसय बगाले थापा समाजका संस्थापक अध्यक्ष सुवेदार टिका बहादुर थापा, संस्थाका संरक्षक दुर्गा बहादुर थापा, निवर्तमान अध्यक्ष दल बहादुर थापा, पुँवार खडका जनकल्याण सेवा समिति मल्मका सचिव खिम बहादुर खडका, बगाले थापा समाज धौलागिरीका उपाध्यक्ष राज बहादुर थापा र स्वाभिमान बुलेटिनका संस्थापक सम्पादक बेलुकाजी थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले जातिय सदभाव सामाजिक एकता र समृद्व समाज आजको आवश्यकता रहेको भन्दै त्यस तर्फ सबै जाती समुदाय बिच प्रगाढ सम्बन्ध हुनु पर्ने कुरामा जोड दिएका छन ।

सो अवसरमा बगाले थापाका सन्तान राष्ट्र सेवक कर्मचारीको रुपमा नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा रहेर नागरिकहरुको शान्ति सुरक्षामा उल्लेखनिय भुमिका खेलेको भन्दै ईलाका प्रहरी कार्यालय गलकोट बागलुङका कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक सुन्दरबजार नगरपालिका २ लमजुङका केशव सिंह थापालाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

वि.सं २०६४ सालदेखि औपचारिक संस्थाको रुपमा स्थापना भएको सातसय बगाले थापा समाज मल्मले स्थानिय स्तरमा विभिन्न सामाजिक कृयाकलापहरु गर्दै आईरहेको छ । कार्यक्रममा बगाले थापा समाजका विभिन्न ओदाहमा रहेका व्यक्तित्वहरु, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, कार्यसमितिका पदाधिकारीहु, संस्थापक, संरक्षकहरु, कलाकार, पत्रकार लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।

कार्यक्रम सातसय बगाले थापा समाज गलकोट नगरपालिका ७ मल्म बागलुङका अध्यक्ष दलबहादुर थापाको अध्यक्षता र पुर्व सहसचिव थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *