अन्तर्राष्ट्रिय करातेमा बागलुङका कोपिलले जिते रजत पदक

आदर्श अनलाइन,बागलुङ

मलेसियामा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा बाग्लुङ जिल्लाका एक खेलाडीले रजत पदक जितेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पृथक परिचय बनाउनु भएका कोपिल रोका मगरले स्वर्ण चुम्ने लक्ष्यका साथ मैदान उत्रिए पनि रजत पदक भने जित्न सफल हुनुभयो । ५५ केजी तौल समुहमा मलेसियाको खेलाडीसंग रोका पराजित हुनुभएको थियो ।

रजत पदक बिजेता रोकालाई बक्स अफिस इन्तरनेशनल ग्रुपको आयोजनामा बिश्व परिक्रमा नागरिक सम्मान तथा अवार्ड कार्यक्रममा भब्य रुपमा सम्मान गरिएको थियो। सिमित स्रोत साधनका बीचमा अन्र्तराष्ट्रिय पदक जित्नु ठुलो उपलब्धि भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारले आदर्श अनलाइनलाई बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *