साग तयारी: राष्ट्रिय टोली हाई अल्टिट्युड प्रशिक्षण लिन म्याग्दीमा

आदर्श अनलाइन, म्याग्दी

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने नेपाली राष्ट्रिय टोलीले म्याग्दीको टोड्केमा हाई अल्टिट्युड ट्रेनिङ गर्ने भएको छ ।

सागमा सहभागी हुने नेपाली राष्ट्रिय टिमका महिला तथा पुरुषका खेलाडीहरुको टोलीलाई म्याग्दीको टोड्केमा चार दिनको लागि हाई अल्टिट्युड ट्रेनिङ दिइने भएको नेपाल ह्याण्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो ।

पोखरामा बन्द प्रशिक्षणमा रहेको उक्त टोली बिहिबार पोखराबाट बिदाई भएर म्याग्दी पुगेको छ । उक्त टोलीलाई ७५ प्रतिशत मानसिक रुपमा मनोविज्ञान र २५ प्रतिशत शारीरिक रुपमा प्रशिक्षण गराउने अध्यक्ष गुरुङले बताउनुभयो । महिला र पुरुषतर्फ १६(१६ जना खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अध्यक्ष गुरुङ सहित ४२ जनाको टोली म्याग्दी सिंगाको तातोपानी हुदै टोड्केमा प्रशिक्षण गर्न प्रस्थान गरेको हो । नेपाल ह्याण्डबल संघका उपाध्यक्ष जीवन बस्नेत, विदेशी प्रशिक्षक ९पोर्चुगल० जोआ फ्लोरेन्सियो, बरिष्ठ प्रशिक्षक अरुणलाल कर्ण, प्रशिक्षक कृष्ण शाक्य लगायतका टोलीमा सहभागी हुनुभएको छ ।

खेलाडीहरुको टोलीलाई भिजनरी इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत एवं मनोविज्ञ इन्द्र बहादुर गुरुङले मनोविज्ञान सम्बन्धि प्रशिक्षण गराउनु हुने भएको छ। उहाँको साथमा क्लिनिकल साइकोलोजीष्ट राजेश्वरी श्रेष्ठ ९गुरुङ० ले समेत खेलाडीहरुको मानसिक रुपमा मजबुत पार्न प्रशिक्षण दिनुहुनेछ । । खेलाडीहरुको लागि शारीरिक रुपसँगै मानसिक रुपमा तयारी हुन अति आवश्यक भएको मनोविज्ञ इन्द्र बहादुर गुरुङले बताउनुभयो । धेरै नेपाली खेलाडीमा आफुमा रहेको मानसिक तनावलाई व्यवस्थापन गर्ने कलाको अभाव भएको उहाँको भनाई छ । खेलाडीसँगै अन्य मानिसहरुमा समेत तनाव हटाउने कला आवश्यक भएको मनोविज्ञ गुरुङले बताउनुभयो । आउँदो मंसिर १५ देखि २४ गते सम्म पोखरामा १३ औं साग अन्तर्गत महिला र पुरुष ह्याण्डबल सहित ९ वटा खेल हुने भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *